ग्यासको आयात औसत खपतभन्दा बढी

140

काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि केही दिनअघि नेपाल आयल निगमले एउटा सूचना निकाल्यो । सूचनामा उल्लेख थियो– खाना पकाउने ग्यासको औसत मासिक खपत ३८ हजार मेट्रिकटन ९मेट० मात्रै हो । ग्यास किनेर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गर्दै निगमले बढ्दो मागलाई ध्यानमा राखेर आपूर्ति परिमाण ४५ हजार मेट पु¥याउने पनि जनायो ।

ग्यास आयातको तथ्यांक हेर्ने हो भने एउटै वीरगञ्ज नाकाबाटै भित्रिएको परिमाणले देशको खपत धान्ने देखिन्छ । गत फागुन महीनामा वीरगञ्ज नाकाबाट मात्रै ३८ हजार मेट ग्यास आएको वीरगञ्ज भन्सारले जनाएको छ । तर, बजारमा उपभोक्ताले सहज रूपमा ग्यास पाएका छैनन् ।

भन्सार नाकाबाट भित्रिने खाना पकाउने ग्यासको परिमाण बढेको बढ्यै छ । सरकारले ग्यासको आपूर्ति बढाइएको जनाए पनि ग्यास विक्रेताकहाँ उपभोक्ताको लाम घटेको छैन ।

ग्यास भित्रिने मुख्य नाका वीरगञ्ज आसपासका क्षेत्रमा समेत ग्यास किन्न उपभोक्ता लाइनमा बसेको देखिन्छ । २०७२ सालको नाकाबन्दीपछि पहिलोपटक यस्तो दृश्य देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here