नेपाल मात्र कोरोना भाइरसको समाधान भएको देशको सूचीमा

112

काठमाडौं / विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या पौने दुई लाख पुगेको छ । साँढे छ हजार मानिसको मृत्यु भइसकेको छ ।

चीनबाट देखिएको कोरोना भाइरस अहिले युरोप र अमेरिकामा भयावह बन्दैछ । साधन स्रोतले सम्पन्न देशहरुले पनि कोरोना भाइरसको संक्रमणको पूर्ण समाधान गर्न सकेका छैनन् । अहिले विश्वको कोरोना भाइरस संक्रमणसम्बन्धी नक्शामा अधिकांश देश संक्रमित देखाइएको छ । केही देशमा संक्रमण देखिएको छैन । तर, नेपाल मात्र त्यस्तो देश हो जसले संक्रमणलाई पूर्ण समाधान गर्न सकेको छ ।

नेपालमा एकजनालाई कोरोना भाइरसको संक्रमण देखिएकोमा ती व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । यसकारण नेपाल सबै कोरोना भाइरसको केसको समाधान गर्ने देशको सूचीमा एक्लो देखिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणको आशंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको छ । त्यसमध्ये एकजनामा मात्र संक्रमण देखिएको थियो । बाँकी सबै संक्रमणमुक्त भेटिएका थिए ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपालमा कोरोनाको नयाँ संक्रमण नदेखिनुलाई अभूतपूर्व सफलता मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here