ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

118

चितवन – भरतपुर महानगरपालिका-७ स्थित सडकमा ना. ७ ख ४०९१ नम्बरको ट्रकले मंगलबार बिहान ठक्कर दिँदा साइकलयात्री सोही महानगरपालिका कृष्णपुर बस्ने ३५ वर्षीया लक्ष्मी सुवेदीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here