दुबई पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा पक्राउ

146

काठमाडौं – वैदेशिक रोजगारको सिलसिलामा दुबई पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं रानीवन बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-४ खुङगा घर भएका ३८ वर्षीय सुनिल भन्ने शिव कुमार घर्ती मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महनागरपालिका-२६ गोगंबुचोकबाट पक्राउ गरेको हो । मगरले दुबईमा वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि विभिन्न प्रलोभनमा पारी ९ जना व्यक्तिहरुसँग नगद १० लाख ५३ हजार १ सय रुपैयाँ ठगी गरी सम्पर्क विहीन भएको खुल्न आएको छ ।

मगरलाई थप आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here