विदेशबाट नेपाली आउन नपाउने : सरकार

99

काठमाडौं — सरकारले युरोप, खाडी मुलुक, पश्चिम एसिया, दक्षिण कोरिया, मलेसिया, टर्की, जापानलगायत सरकारले तोकेका मुलुकहरुबाट चैत ७ गतेदेखि वैशाख ३ गतेसम्म कोही नेपाली वा विदेशी नेपालमा नआउने स्पष्ट पारेको छ।

‘हालको अवस्थामा भिसा सकिएका वा बिरामी कोही पनि नेपाल आउन पाउने छैनन्,’ सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए।

सरकारको उच्चस्तरीय समितिले चैत ७ गते मध्यरातदेखि लागू हुने गरी युरोप, खाडी मुलुक, पश्चिम एसिया, दक्षिण कोरिया, टर्की, मलेसिया, जापानलगायत मुलुकबाट आगमन प्रतिबन्ध गर्ने निर्णय गरेका छन् ।

सरकारले भिसा सकिए पनि त्यहाँको सरकारले अहिलेको अवस्थामा त्यहीँ बस्ने व्यवस्था गरेको जानकारी बिडारीले दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here