अमेरिकी दूतावासलाई लक्षित गरी २ रकेट प्रहार

174

एजेन्सी – इराकको राजधानी बग्दादको उच्च सुरक्षा क्षेत्र ग्रीन जोनमा बिहीवार बिहान दुईवटा रकेट प्रहार गरिएको छ ।
आक्रमणको निशाना अमेरिकी दूतावास रहेको एक सुरक्षा सूत्रले जनाए ।

रकेट खसेको ठाउँबाट अमेरिकी दूतावास नजिकै छ । त्यहाँ अन्य देशका दूतावास र सरकारी भवनहरू छन् ।

इराकमा विदेशी सैनिक र कूटनीतिकर्मीहरूलाई लक्षित गरी गत अक्टोबर महिनादेखि आक्रमण जारी रहेकाे छ ।

आक्रमणमा कोही पनि हताहत भएको खबर छैन । कसले आक्रमण गरेको हो भन्ने पनि खुलेको छैन ।

आतंकवादी समूहहरूले मोर्टार र रकेट प्रहार गरेर ग्रीन जोनलाई निशाना बनाइरहेका हुन्छन् । यो क्षेत्र १० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ र टिग्रिस नदीको पश्चिमी तटमा छ ।

अमेरिकाले इरानी कमान्डर कासिम सुलेमानीलाई बग्दादमा ड्रोन प्रहार गरेर मारेपछि इरान समर्थित समूहहरूले बग्दादमा लगातार आक्रमण गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here