विश्वकप लिग २ का ट्राई सिरिज स्थगित

113

 काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ । टोकियो ओलम्पिकदेखि युरो २०२० सम्मका खेल स्थगित भइसकेको छ । यस्तै वर्ष २०२० मा भइरहेको र हुने तय भएको धेरै खेल प्रतियोगिता कुनै रद्ध भएका छन् भने कुनै स्थगित भएका छन् ।

यसै क्रममा सन् २०२३ को आईसीसी ओडीआई वर्ल्डकप क्रिकेटको रोडम्यापको रुपमा रहेको विश्वकप लिग २ अन्तर्गतका ट्राई सिरिज पनि स्थगित भएका छन् । आईसीसीले अर्को निर्णय नभएसम्म वर्तमान अवस्थालाई ध्यानमा राख्दै जुन ३० सम्मको सबै प्रतियोगिता स्थगित गरेको जनाएको छ । अप्रिलमा अमेरिकामा हुने तय भएको ट्राई सिरिज यसअघि नै स्थगित भइसकेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले कोरोना भाइरसको संक्रमण बढिरहेकोले अरु थप सिरिज पनि स्थगित गरेको हो । जसमा नेपालले खेल्ने दुई सिरिजसमेत छन् ।

अप्रिल २० देखि २७ सम्म नामिबियामा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको ट्राई सिरिज स्थगित भएको हो । यस्तै ९ देखि १६ जुनसम्म पपुपा न्युगिनीमा हुने तय भएको नेपाल, पपुवा न्युगिनी र युएईबीचको ट्राई सिरिज पनि स्थगित भएको छ । यस्तै सन् २०२१ मा हुने आईसीसी टी २० वर्ल्डकप अन्तर्गत ६ रिजन क्वालिफाइङ इभेन्ट पनि आईसीसीले स्थगित गरेको छ । आईसीसीले खेलाडी, अफिसियल स्टाफको सुरक्षा र स्वास्थ्य मुख्य प्राथमिकतामा रहेको भन्दै यस्तो निर्णय लिएको जनाएको छ । आईसीसीले अन्य सिरिजहरुको समेत मनिटरिङ गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here