भारतमा लक–डाउनकाे समयमा ‘रामायण’ पुनः प्रसारण गर्ने

368

एजेन्सी – बहुचर्चित टिभी सिरियल ‘रामायण’को पुनः प्रशारण हुने भएको छ ।

भारत सरकारका केन्द्रीय मन्त्री प्रकाश जावडेकरले रामानन्द सागरको रामायण पुनः प्रसारण गर्न लागिएको जानकारी दिएका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण अहिले नेपाल, भारत लगायत अधिकांश मुलुकमा लक–डाउन गरिएको छ ।

लक–डाउनका बेला समय बिताउनका लागि पनि रामायणको पुनः प्रशारण महत्वपूर्ण हुने निश्कर्षमा भारत सरकार पुगेको हो ।

मन्त्री जावडेकरले सामाजिक सञ्जाल ट्वीटमा एक ट्वीट गर्दै यस्तो जानकारी गराएका हुन् । उनले ट्वीटरमा लेखेका छन्–जनताको मागअनुसार शनिवार २८ मार्चदेखि रामायणको पुनःप्रसारण नेशनल च्यानलमा हुने छ ।’

रामायण पुनःप्रसारण हुने भएपछि दर्शकमा खुशी पलाएको छ । मन्त्री जावडेकरका अनुसार रामायणको पहिलो एपिसोड बिहान ९ बजे र दोस्रो एपिसोड रातको ९ बजे हुनेछ ।

रामानन्द सागरको रामायणमा अरुण गोविल, दीपीका चिखलिया, सुनील लहरीले मुख्य भुमिका निभाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here