उत्तर कोरियाद्वारा ‘सुपर-लार्ज मल्टिपल रकेट’ परीक्षण सफल

146

एजेन्सी – उत्तर कोरियाले नयाँ मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ । कोरियन समाचार संस्था ‘केसीएनए’ले दिएको खबर अनुसार उत्तर कोरियाले आइतबार दुईवटा सुपर-लार्ज मल्टिपल रकेट परीक्षण गरेको हो।

दक्षिण कोरियाली सेनाको दाबी अनुसार उत्तर कोरियाले आफ्नो उत्तर तटीय क्षेत्रमा रहेको वोसान शहरबाट छोटो दूरीका मिसाइल परीक्षण गरेको हो । उक्त मिसाइल ३० किलोमिटरको उचाईबाट २३० किलोमिटरको दूरी पार गरेको थियो। परीक्षण सफल भएको उत्तर कोरियाले जनाएको छ।

कोरियन वर्कर्स पार्टीका उपाध्यक्ष रि प्योङ चोलको अगुवाइमा यस छोटो दूरीको मिसाइल परीक्षण गरेको केसीएनएले जनाएको छ। खबरका अनुसार परीक्षणमा उत्तर कोरियाको राष्ट्रिय रक्षा विज्ञान विभागमा कार्यरत वर्कर्स पार्टीका अन्य अधिकारीहरुको पनि सहभागिता थियो ।

‘सुपर-लार्ज मल्टिपल रकेट हतियार प्रणलीको विकास राष्ट्रिय रक्षाका लागि एक रणनीतिक महत्वको कार्य हो’ परीक्षणपछि रि प्योङले भने । नयाँ सालपछि उत्तर कोरियाले हतियार परीक्षणलाई निरन्तरता दिएको छ। यस महिना मात्रै उसले छोटो तथा मध्यम दूरीका मिसाइल चार पटक परीक्षण गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here