सुन आयात अब दैनिक १० किलो मात्रै आयात गर्न सकिने

17

काठमाडौं – सुनको आयात अब दैनिक १० किलोमात्रै गर्न पाइने भएको छ । यसअघि सुनको आयात दैनिक २० किलो हुने गरेको थियो ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सुनको आयात अब १० किलो मात्रै गर्न पाइने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए । यस्तै सरकारले ६० लाखभन्दा बढी मूल्य पर्ने सवारीसाधनको आयातमा पनि रोक लगाउने निर्णय गरेको छ ।

५० हजार डलर ९हालको विनिमय दर अनुसार ६० लाख रुपैयाँ० भन्दा माथिका सवारीसाधन आयात गर्न नपाइने निर्णय गरिएको खतिवडाले जनाए । यस्तै मरिच, सुपारी, केराउजस्ता वस्तुहरू आयात गर्न नपाइने पनि सरकारले निर्णय गरेको छ ।

यसैगरी विदेशमा रहेका नेपाली विद्यार्थीहरूलाई खर्चको अभाब नहोस् भनेर न्यूनतम रकम सटहीको सुविधा दिइने पनि सरकारले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here