सुरक्षात्मक सामग्री लिएर उडेकाे सेनाको विमान बिचबाटै फर्कियो

11

काठमाडौं – नोवेल कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री तथा अरु सुरक्षात्मक सामग्रीसहित प्रदेश १ र धनगढीका लागि गएको सेनाको स्काई ट्रक बिचबाटै फर्किएको छ ।

सरकारले आइतबार चीनबाट ल्याएको सामान प्रदेश १ र धनगढी लागि लिएर गएको सेनाको विमान त्यहाँ रहेको सामानमाको केमिकलमा शंका लागेपछि बिचबाटै फर्किएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

पिपिई, मास्क, सेनिटाइजरसहितका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान त्यस तर्फ गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here