कोरोनाबाट मृत्यु हुनेको संख्या करिब ३४ हजार

129

काठमाडौं –  कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या करिब ३४ हजार पुगेको छ । पछिल्लो तथ्याङका अनुसार ३३ हजार ९ सय ५६ जनाको मृत्यु भएको छ । विश्वभर ७ लाख २१ हजार ४ सय १२ जना संक्रमित भएका छन् ।

अमेरिकामा सबै भन्दा धेरै १ लाख ४१ हजार ८ सय ५४ जना संक्रमित छन् । आइतबार मात्रै १८ हजार २ सय ७६ जनामा संक्रमित भएका छन् । संख्याको हिसाबले संसारभरिमै सबैभन्दा बढी संक्रमित हुनेहरुको देशमा अमेरिका पहिलो, इटाली दोस्रो र चीन तेस्रो छन् ।

विश्वमा संक्रमित भएका मध्ये १ लाख ५१ हजार ४ जना निको भएर घर फर्किएका छन् । अहिले सम्म सबै भन्दा बढि इटालीमा १० हजार ७ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् । त्यस पछि स्पेनमा ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ । चीनमा अहिले सम्म ३ हजार ३ सयको मृत्यु भएको छ भने अमेरिकामा २ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here