डरलाग्दो रूप लिदै कोरोना हेर्नुहोस कहाँ कतिको ज्यान गयो ?

198

काठमाडाैं –  विश्वभर कोरोना भाइरस अर्थात कोभिड नाइन्टिनबाट मृत्यु हुने र संक्रमितको संख्या तीब्र गतिमा बढिरहेको छ । भाइरसका कारण हालसम्म ३३ हजार ५ सयभन्दा बढिको मृत्यु भइसकेको छ । कूल संक्रमितको संख्या ७ लाख १२ हजार नाघेको छ । तिमध्ये १८ प्रतिशतको मृत्यु भएको हो ।

८२ प्रतिशत अर्थात १ लाख ५० हजार संक्रमित निको भएका छन् । उपचाररत करिब २६ हजारको अवस्था भने चिन्ताजनक छ । हालसम्म १ सय ९९ राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै इटालीका नागरिकको ज्यान लिएको छ । त्यहाँ अहिलेसम्म १० हजार ७ सयभन्दा बढिको मृत्यु भएको छ ।

तर संक्रमण भने सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा अहिलेसम्म १ लाख ३५ हजारमा संक्रमण भएको छ भने २ हजार ३ सयभन्दा बढिको ज्यान गएको छ । कोरोनाको उद्गमस्थल चिनमा भने ८१ हजार संक्रमित भएका छन भने ३ हजार ३ सय जनाले ज्यान गुमाएका छन् ।

धेरै मृत्यु हुने राष्ट्रको दोस्रो नम्बरमा भने स्पेन रहेको छ । त्यहाँ ६ हजार ६ सयभन्दा बढिले ज्यान गुमाइसकेका छन् । उता इरानमा ३८ हजार संक्रमित हुँदा २ हजार ९ सयभन्दा बढिले ज्यान गुमाएका छन् ।

त्यसपछि फ्रान्सका करिब २ हजार ५ सय नागरिकले ज्यान गुमाएका छन् । बेलायतमा पनि १२ सय २८ जनाको ज्यान गइसकेको छ । त्यसैगरी नेदरल्याण्डमा ७ सय ७१, बेल्जियममा ४ सय ३१ र स्विजरल्याण्डमा ३ सय जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरि जर्मनीमा ज्यान गुमाउनेको संख्या ४ सय ८२ पुगेको छ । टर्कीमा १ सय ३१ र पोर्चुगलमा १ सय १९ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा १ सय ५२ जनाको मृत्यु भइसकेको छ । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या २३ पुगिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here