एजेन्सी – स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का कारण ८४९ जनाको मृत्यु भएको छ ।
यो कोरोना भाइरसबाट स्पेनमा एकैदिनमा हालसम्मकै धेरै मानिसले ज्यान गुमाएका हुन् । यससँगै मुलुकभर ज्यान गुमाउने मानिसको संख्या ८ हजार १८९ पुगेको छ
स्पेनको स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८९१ संक्रमित थपिएका छन् । अहिलेसम्म स्पेनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ९४ हजार ४१७ पुगेको छ ।