कोरोनाकाे त्रास भएतापनि डर्टमन्डले प्रशिक्षण थाल्यो

188

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले कोरोना भाइरसको त्रासको बीच प्रशिक्षण सुरु गरेको छ । क्लबले सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको हो ।

महामारी बनेको कोरोना भाइरसका कारण विश्वभरको खेलकुद गतिविध ठप्प छ । जर्मनीमा पनि ३० अप्रिलसम्म खेलकुद गतिविधि ठप्प छ । कोरोनाकै कारण आगमी जुन र जुलाई महिनामा तय भएको युरोकप र कोपा अमेरिका १ वर्ष पछिलाई सारिसकेको छ ।  जर्मनीमा फुटबल कहिले बाट सुरु हुन्छ भन्न सकिने अवस्था छैन । तर, पनि क्लबले खेलाडीको फिटनेसलाई ध्यानमा राख्दै प्रशिक्षण थालेको हो ।

पहिलो दिनको प्रशिक्षणमा नर्वेजियन युवा स्टार अर्लिङ ब्राउट हालान्डसँगै थोमस डिलाने, जियोभानी रेना र इम्री क्यानलगायतको उपस्थिति रहेको थियो । दुई खेलाडीलाई राखेर निश्चित दुरीमा राखेर प्रशिक्षण गराइएको क्लबले जनाएको छ । क्लबका खेलाडी इम्री क्यानले फिल्डमा फर्कन सके बोरिङ फिल नहुने बताएका छन् ।  क्लबले सिजन सुरुवात हुनेमा विश्वस्त रहेको बताउँदै उपाधिका लागि बायर्नसँगै डर्टमन्ड र आरबी लाइप्जिग पनि दौडमा रहेको बताएको छ । हाल डर्टमन्ड शीर्षस्थानको बायर्न म्युनिख भन्दा ४ अंकले पछि छ ।

डर्टमन्ड कोरोनाविरुद्ध लड्नको लागि सहयोग गर्ने क्लबमध्येको एक क्लब हो । डर्टमन्डका खेलाडीले कोरोना भाइरसविरुद्ध लड्नको लागि क्लबसँगको पारिश्रमिक कटौतीमा सहमत भइसकेका छन् । ‘फुटबलरहरुसँग जनताको विश्वास छ । उनीहरुले भाइरससँग लड्न मद्दत गर्न धेरै पैसा कमाउछन्,’ क्यानले भने, ‘हामीलाई पनि जिम्मेवारी छ । हामीसँग केही पैसा छ र केही सामाजिक कार्यमा खर्च गर्न चहान्छौं । हामीसँग राम्रो टोली छ । यो सजिलो छैन तर, मलाई लाग्छ कि यो अझै सम्भव छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here