कोरोनाकाे संक्रमण स्वास्थ्यकर्मीमा फैलिएमा होटलमा राखिने

67

काठमाडौं- सरकारले कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको बसोबासको व्यवस्था मिलाउने तयारी गरेको छ।

नेपालमा कोरोनाको संक्रमण फैलिए उपचारमा खटिने स्वास्थ्यकर्मीको बसोबासको व्यवस्था मिलाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो। मन्त्रालयले गर्ने नियमित कोरोना बिफ्रिङमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा खेम कार्कीले उनीहरुलाई सुबिधा सम्पन्न होटलमा राख्ने व्यवस्था गरिने जानकारी दिए।

उनले भने, ‘नेपालभित्रै अहिले संक्रमण फैलिसकेको छैन। बाहिरबाट आएको व्यक्तिमा मात्र संक्रमण देखिएको हो। तर नेपालमै फैलिए उपचारमा खटिने सबै स्वास्थ्यकर्मीलाई हामीले सुबिधा सम्पन्न होटलमा राख्ने तयारी गर्दैछौं।’

उनले उपचारमा खटिरहेका स्वास्थ्यकर्मीलाई केही घरबेटीले बस्न नदिए स्थानीय प्रशासनमा उजुरी गर्न पनि आग्रह गरेका छन्। घरबेटीले घरमा बस्न नदिनु सामाजिक अपराध भएको भन्दै उनले भने, ‘सुरुमा राम्रोसँग सम्झाउनु, बुझाउनुपर्छ। सम्झाउँदा अनि बुझाउँदा पनि भएन भने स्थानीय प्रशासनमा उजुरी दिनुपर्छ।’

सिन्धुलीमा घरबेटीले बस्न नदिएपछि २२ जना स्वास्थ्यकर्मी सिन्धुली अस्पतालमै बस्न बाध्य भएको खबर बाहिर आएपछि डा कार्कीले उक्त आग्रह गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here