चीन र भारत बाहेक विश्वको अर्थतन्त्र मन्दीतर्फ धकेलिने : संयुक्त राष्ट्रसंघ

183

एजेन्सी –  कोरोनाभाइरस (कोभिड-१९) को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीतर्फ जाने र विश्वभर खर्बौं डलरको घाटा हुने संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। यसबाट विकसित देशहरूमा आर्थिक सङ्कट आईपरे पनि भारत र चीन भने अपवादमा पर्ने जनाइएको छ।

विकसित देशमा रहेका विश्वको दुई-तिहाइ जनसङ्ख्याले कोभिड-१९ महामारीका कारण आर्थिक सङ्कट भोग्नुपर्ने हुँदा राष्ट्रसंघले यी देशहरूका लागि कम्तीमा २५ खर्ब अमेरिकी डलरको राहत प्याकेज आवश्यक भएको देखाएको छ।

संयुक्त राष्ट्रसङ्घीय व्यापार र विकास सम्मेलनको नयाँ विश्लेषणअनुसार ती देशहरूले आगामी दुई वर्षमा २० देखि ३० खर्ब अमेरिकी डलरसम्म लगानी घट्ने जनाइएको छ।

चीन तथा आर्थिक रूपले सशक्त अन्य मुलुकले भने ठूलो रकमको प्याकेज राखेको संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनले जनाएको छ। जी-२० ले भने उक्त प्याकेजले ती देशहरूलाई ५० खर्ब अमेरिकी डलरको सहायता गर्ने जनाइएको छ।

उक्त प्याकेजबारे पूर्ण विवरण भने आउन बाँकी छ। तर, संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलनका अनुसार उक्त सहायताले जी-२० को अर्थतन्त्रमा १० देखि २० खर्ब अमेरिकी डलरको माग पूरा गर्नेछ।

प्रतिवेदनले भारतमा कसरी यस मन्दीले कम असर गर्छ भन्नेबारे केही खुलाएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here