कोरोना भाइरस नियन्त्रणका लागि परिसंघ प्रतिबद्ध

68
?????????????????????????????????????????????????????????

काठमाडाैं – कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल उद्योग परिसंघ प्रतिबद्ध रहेको जनाएको छ। परिसंघले संकटको यो घडीमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न परिसंघ प्रतिबद्ध रहेको पुनः दोहोर्‍याएको छ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसले संसारका प्रायः सबै देशहरूलाई आक्रान्त बनाइरहेको छ। यस्तो विषम परिस्थितिमा नेपाल जस्तो सानो अर्थतन्त्रमा आर्थिक रूपले निकै ठूलो असर परिरहेको छ।

नेपालको सामाजिक सहिष्णुता, सरकारका उचित कदम तथा स्वास्थ्यकर्मीहरूको अथक प्रयासले हालसम्म मानवीय संकट आइसकेको छैन। यसका लागि नेपाल सरकार तथा यो रोगसँग जुध्न अग्रपंक्तिमा रहने चिकित्सकलगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई नेपालको निजी क्षेत्र तथा परिसंघले प्रशंसा गर्दै धन्यवाद दिएको छ।

यस्तो नाजुक अवस्थामा परिसंघ मानवीय संकट आउन नदिन प्रतिबद्ध रहेको उसले उल्लेख गरेको छ। दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन परिसंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरी खाद्य सामाग्रीहरु वितरण गर्ने कार्य जारी राखेको छ।

विश्वमै कोरोना भाइरसका कारण आर्थिक तथा मानवीय क्षति भइरहेको अवस्थामा नेपालमा यसको असर कम गर्दै मानवीय संकट आउन नदिन संघीय, प्रादेशिक तथा स्थानीय सरकारसँग थप समन्वय तथा प्रभावकारिताको अपेक्षा गर्दै सरकारले जारी गरेका सम्पूर्ण निर्देशनहरू पालना गर्न परिसंघले सबैसँग आग्रह गरेको छ।

यस्तो विषमपरिस्थितिमा आफ्ना सदस्य प्रतिष्ठानहरूलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरूको उत्पादनलाई निरन्तरता दिँदै सोको आपूर्ति व्यवस्थालाई दुरुस्त राख्न आग्रह पनि परिसंघले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here