घुम्ती सेवा मार्फत ग्यास वितरण सुरु

247
काठमाडौं – नेपाल आयल निगमले लकडाउनको लक डाउनका बेला खाना पकाउने ग्यासको अभाव भोगिरहेका सामान्य उपभोक्तालाई  घुम्ती सेवा मार्फत बितरण सुरु गरेको छ ।
काठमाडौंका उपभोक्ताले कोरोना भाइरसको कारण बजारमा ग्यास अभाव हुनसक्ने आशंकाले आबश्यकताभन्दा बढी मौज्दात ग्यास राखेपछि दैनिक मजदुरी गर्ने तथा अपागंता भएका व्यक्तिलगायतले ग्यास पाउन नसकेको भन्दै निगमले उनीहरुलाई घुम्ती सेवामार्फत् ग्यास उपलब्ध गराउन सुरु गरेको हो ।
निगमले अशक्त, अस्पताल, बृद्धाश्रम, बालगृह, अनाथालय, कारागार, किरियाघर, पुनस्र्थापना तथा सुधारगृह, निःशुल्क भोजन गराउने संघसंस्था, दीर्घरोगी, सरकारले तोकेका क्वारिन्टीन, गरिब तथा मजदुर कर्मचारीलाई घुम्ती सेवाबाट ग्यास वितरण गरेको छ ।
 टेकुस्थित  निगमको  सम्पर्क  कार्यालायमा फोन गरेपछि निगमले ग्यास पुर्याउँछ ।
सम्पर्कका लागि निगमले मोवाइल नम्बर सार्वजनिक गरेको छ । निगमले तोकेका १२ वटा वर्गमा रहेकाहरुले उक्त नम्बरमा सम्पर्क गरेर ग्यासको माग गर्न सक्नेछन् । निगमले ४२६४६००, ४२६३४८५, ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ नम्बरमा सम्पर्क गर्नसक्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here