सस्तो सामग्रीको भुक्तानी सेलपेबाट गरे १० थान मास्क सित्तैमा

101

काठमाडौं – इकमर्स प्लेटफार्म सस्तो डिलका सामग्री खरिद गरी सेलपेबाट भुक्तानी गरे १० मास्क निशुल्क पाइने भएको छ। ई-कमर्स प्लेटफार्म ‘सस्तो डिलु र सेलपेले आपसमा यस्तो सहकार्य गरिएको जानकारी दिएका हुन्।

लकडाउन बेला ग्राहकहरूलाई घरघरमा नै सामग्री उपलब्ध गराउँदै आएको सस्तो डिलबाट सामग्री खरिद गर्न सकिने र सो सामग्रीको भुक्तानी भने सेल पेबाट गरे यस्तो सुविधा पाउन सकिने व्यवस्था गरिएको सेलपेले जानकारी दिएको छ। सामाजिक दुरी कायम गर्नका लागि सरकारले प्रोत्साहन गरिरहेका बेला सस्तो डिलले घरमा नै सामग्री उपलब्ध गराउने तथा अत्यावश्यक काम परे बाहिर जानका लागि सेल पेले मास्क उपलब्ध गराउन सहमति गरिएको उल्लेख छ।

कोरोनाको संक्रमण फैलने जोखिम रहेको र बजारमा मास्कको अभाव भएकाले यस्तो अफल ल्याइएको कम्पनीले जनाएको छ। सेल पे माबाइल एक्लिकेसन वा वेब एप्लिकेसनबाट उपयोग गर्न सकिन्छ।

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेट महसुल भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेश भित्र गरिनेमनी ट्रान्सफर, आदि वास्तविक समयमा गर्न सकिन्छ। यस सेवा मार्फत हुनेसम्पूर्णकारोवार बैंकिब प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा योसेवा लिन सक्नेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here