अर्थ मन्त्रालयद्वारा १४ शीर्षकको बजेट रोक्का

419

काठमाडाैं – संसारभर कोरोनाभाइरस (कोभिड– १९)को महामारी फैलिरहेका बेला सरकारले विभिन्न १४ शीर्षकको बजेट रोक्का गरेको छ ।

अर्थमन्त्रालयका सचिव  शिशिरकुमार ढुंगानाले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखी सेवा तथा परामर्श, कर्मचारीको तालिम, गोष्ठी, सवारी साधनलगायतका शीर्षकको बजेट रोक्का गरिएको जानकारी गराएका हुन् ।

‘मन्त्रालय/निकायको स्वीकृत बजेटको देहाय खर्च शीर्षकमा विनियोजित बजेटमध्ये २०७६ चैत २० सम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको बाहेक बाँकी रहेको बजेट तत्काल लागू हुने गरी २०७६/१२/१९ को निर्णयानुसार रोक्का गरिएको हुँदा यो बमोजिम गर्ने व्यवस्थाका लागि सादर अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।

आर्थिक गतिविधि प्रभावित भएकाले राजस्व संकलनमा असर पुगेको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्रोतको व्यवस्थापन समेत गर्नुपरेकाले विभिन्न शीर्षकका बजेट रोक्का गर्नुपरेको सरकारले जनाएको छ ।

यी बजेट  शीर्षकहरूमा रोक्का :

– सेवा र परामर्श खर्च
– कर्मचारी तालिम खर्च
– कार्यक्रम खर्च
– सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च
– विविध कार्यक्रम खर्च
– अनुगमन मूल्यांकन खर्च (अति आवश्यकबाहेक)
– भैपरी आउने चालू खर्च
– सवारी साधन
– मेसिनरी तथा औजार
– फर्निचर तथा फिचर्स
– कम्प्युटर सफ्टवेर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्तिप्राप्ति खर्च
– पूँजीगत अनुसन्धान तथा परामर्श
– जग्गा प्राप्ति खर्च
– भैपरी आउने पूँजीगत खर्च

हेर्नुहोस्, पत्र :