गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभावित

150

कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ ।

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि लकडाउनका जारीका कारण काम प्रभावित भएको हो ।

विमास्थलको निर्माणमा धावन मार्ग, अन्तराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको भएपनि लकडाउनका कारण थप काम गर्न समस्या रहेको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कार्यमा स्थानीय मदजुरहरु लकडाउनका कारण घर फर्किसकेको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माण कार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डर मार्फत विमानस्थल निर्माण कार्यको जिम्मा लिएको हो, जसको सन २०१७ डिसेम्बर सम्ममा निर्माण कार्य सम्पन्न गुर्नपर्ने सम्झौता रहेको थियो । तर निर्माण कम्पनीले मधेस आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ । यो चारपटक थपेको म्यादमा पनि विमानस्थल निर्माण कार्य सक्न गाह्रो भएको आयोजना प्रमुख अधिकारीले जानकारी  भयो ।

एसियाली बिकास बैंक (एडिबि) को क्रण सहयोगमा निर्माण भइरहेकको यो विमानस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्दा ठूलो विमानस्थल हो । यस विमानस्थलको कुल ७ सय ८७ विघाहा क्षेत्रफलमा निर्माण कार्य भइरहेको छ ।
विसं. २०२३ देखि आन्तरिक उडान गर्दै आएको सो सो विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि प्रदेश नं. ५ को आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

विदेशबाट फर्केका अधिकांश होम क्वारेन्टाइनमा

प्यूठानमा विदेशबाट फर्किएका चार हजार बढी भएपनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून छ । यसरी फर्किएकामध्ये अधिकांश नागरिक घरपरिवारसँगै बसेका छन् ।

जिल्लाका नौ वटा स्थानीय तहमा चैत महिनाको सुरुदेखि हालसम्म चार हजार सात सय चार जना व्यक्ति भारत लगाएत अन्य देशबाट जिल्लामा भित्रिएका छन् । भारत लगायतका अन्य खाडी मुलुकबाट नागरिक भित्रिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्किले  जनाउनुभयो ।

विदेशबाट फर्किएका व्यक्तिलाई सकेसम्म दुई हप्ता क्वारेन्टाइनमा राख्ने योजनाले बेड तयार गरिएको छ र तर उनीहरु क्वारेन्टाइनमा नबसेपछि होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । विदेशबाट फर्किएकालाई राख् नौ वटा स्थानीय तहमा ७७ क्वारेन्टाइनमा ३ सय ४४ बेडको क्वारेन्टाइन केन्द्र निर्माण गरिएको छ ।

१ सय ५२ क्वारेन्टाइनमा

पश्चिम नवलपरासीमा रहेका १३ वटा क्वारेन्टाइनमा भारत र अन्य तेस्रो मुलुकबाट फर्किएका १५२ जना बसेका छन्, जसमध्ये ३९ जना १४ दिनको बसाईपछि घरफर्किएका छन् भने बाँकी १ सय १३ अहिलेपनि क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
पश्चिम नवलपरासीका सात स्थानीय तहमा १३ स्थानमा ३२६ शैयाका क्वारेन्टाइन छन् । यसबाहेक पृथ्बी चन्द्र अस्पतात, शहिद स्मृति सामुदायिक अस्पताल, चिसापानी अस्पताल र नेपाली सेना कालीध्वज गणमा आइसोलेसनको समेत व्यवस्थापन गरिएको  जनाइएकाे छ ।

जिल्लामा रहेका सबै सरकारी स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कार्यालय प्रमुख गौरब ढकालले जानकारी दिनुभयो ।

यहाँका स्थानीय तहले दैनिक ज्यालादारी काम गरी गुजारा चलाउन बाध्य घरपरिवार साथै गरिब र बिपन्न परिवारलाई राहत सामाग्री उपलब्ध गराइने तयारी पनि गरेका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले करिब २ हजार घरपरिवारलाई अत्यावश्यक खाद्यन्न र सामाग्री वितरण गरेको नगरप्रमुख धिरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

बाँके बर्दियामा उच्च सावधानी

कैलालीमा कोभिड–१९को सङ्क्रमण देखिएपछि प्रदेश ५ को सिमावर्ती जिल्ला बाँके र बर्दियामा उच्च सर्तकता अपनाइएको छ ।

दुवै जिल्ला भारतसँग सीमा जोडिएकाले नाकामा निगरानी बढाइएको छ । लुकिछिपी भारतबाट कसैलाई आउन नदिन सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

नेपाल सरकारले निर्णय गरेको एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवतजावतलाई बन्दलाई अक्षरस कडाईका साथ कार्यान्वयन गर्दै लकडाउनलाई पनि प्रभावकारी बनाईएको छ ।

प्रमुख जिल्ला अधिकारी खड्काले गए राति देखि नै लकडाउनमा कडाई गरिएको जानकारी दिनुभयो । सो क्रममा प्रहरी परिचालन गरी लकडाउनलाई बेवास्ता गरी सडकमा निस्किएका ४ सय ४१ मोटरसाईकलको चावी नियन्त्रणमा लिईएको उहाँले भन्नुभयाे ।

भारतसँग सीमा जोडिएका बाँकेका स्थानीय तह नरैनापुर, डुडुवा, नेपालगञ्ज, जानकी र खजुराले ग्रामिण नाकाबाट हुनसक्ने आवत–जावत रोक्नमा चासो देखाएका छन् । नेपालगञ्ज उपमहानगरपालिकासँग जोडिएको मुख्य सीमा नाका जमुनाह ठप्प भएपछि ग्रामिण नाकाबाट अवैध रुपमा समेत आवतजात हुनसक्ने भएकोले थप सतर्कता अपनाईएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

जानकी गाउँपालिकाले साईगाउँ नाकामा आवत–जावतमा पूर्ण रुपमा बन्द गराएको छ । सशस्त्र प्रहरी र स्थानीय नेपाल प्रहरीको चौकीको सहायतामा रोकथाम कार्यलाई प्रभावकारी बनाईएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।

कैलालीसँग सीमा जोडिएको बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकाको सबै नाका बन्द गरिएकोे छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको कर्णाली चिसापानी पुल र कैलालीको लम्कीचुहा नगरपालिकासँग सीमा जोडिएको नाका बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, पैदल या गाडीमा हिँड्ने कसैलाई पनि प्रवेश गर्न नदिन आवश्यक पहल गएिको छ । कैलालीको टीकापुर सीमासँग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here