कनिकाले जितिन कोभिड १९ विरुद्धको लडाई

139
????????????????????????????????????

लखनउ –  लामो समयदेखि कोरोना भाइरसबाट पीडित बलिउड गायिका कनिका कपुरले (कोभिड १९) विरुद्धको लडाई जितेकी छन्।  उनको पाँचौं रिपोर्ट ‘नेगेटिभु आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसभन्दा पहिले ४ पटकसम्म रिपोर्ट लगातार ‘पोजेटिभ’ आएको थियो।

पछिल्लो पटकको रिपोर्टले कनिका र चिन्तामा रहेको उनको परिवारलाई राहत दिएको छ। तर, अस्पतालबाट डिस्चार्ज हुन अझै एउटा टेस्ट गरिने र पोजेटिभ पाइए डिस्चार्ज हुने बताइएको छ। उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गइरहेको बताएका छन्। सामान्य अवस्थामा जस्तै खाना पिन गर्न थालेकी छन्।  एउटा कार्यक्रमको लागि लण्डन पुगेकी उनमा केही समयअघि स्वदेश फर्किदा कोरोना पाइएको थियो। उनको कारणले लखनउ शहरमा मात्र नभई पूरै राज्यमा हलचल मच्चाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here