टोकियो ओलम्पिक २०२१ मा फिफाले खेलाडीको उमेर हद बढाउने सक्ने

56

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले टोकियो ओलम्पिक २०२१ का लागि पुरुष खेलाडीको उमेर हद बढाउन सकिने जनाएकाे छ । यस वर्ष हुने भनिएको खेल एक वर्ष स्थगन भएपछि फिफाले २३ वर्षको उमेर हदलाई २४ वर्ष बनाउन लागेको जनाएकाे छ ।

विश्वभर कोरोना भाइरस (कोभिड–१९)ले महामारीको रूप लिएपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापान सरकारको संयुक्त पहलमा ओलम्पिक एक वर्ष पछि धकेलिएको छ।

उमेर हद २४ वर्ष लागू भएपछि सन् १९९७ जनवरी १ भन्दा पछि जन्मिएका खेलाडीले ओलम्पिकमा खेल्न पाउने छन्। नियम लागू भएपछि २३ वर्ष माथिका तीन खेलाडी एक टिममा सहभागी हुन पाउने  जनाइएकाे छ ।  तर, यो नियम फिफा ब्युरोले पारित भने गरिसकेको छैन। ब्युरो फिफाको निर्णय गर्ने सानो निकाय हो।

उता, महिलाको खेलका लागि भने उमेर हद राखिएको छैन।