कामनपाबाट १० हजार ५ सयलाई राहत, २७ शैयाको क्वारेन्टाइन

55

काठमाडौं – महानगरपालिकाले आफ्नो भित्र बसोबास गर्दै आएका असाह्य, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राहत उपलब्ध गराउने कामलाई तीब्रता दिएको छ। केही दिन अघि मात्रै कोरोना भाइरस ९कोभिड–१९० सम्बन्धि राहतवितरण मापदण्ड–२०७६ पारित गरेको काठमाडौं महानगरपालिकाले राहत वितरण र लागत संकलन कार्यलाई तीब्रता दिएको हो।

शनिबारसम्म काठमाडौं महानगरपालिकाले ३२ वटै वडाबाट १० हजार ५ सय २३ जनालाई राहत वितरण गरेको छ।

‘शनिबारसम्म ३२ वटै वडाले उपलब्ध गराएको तथ्याङ्क अनुसार २२ हजार ६ सय ४२ जनाको विवरण संकलन गर्ने काम सम्पन्न भएको छ,’ प्रशासन विभाग प्रमुख नमराज ढकालले भने, ‘अभिभावक नभएका, आफ्नो आयश्रोत नभएका अरुको सहयोग एवं सहारामा बस्ने, आन्दामीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौ–धौ भएका र सम्वन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई हामीले राहत दिने मापदण्ड बनाएका छौ ।’

संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौं महानगरमा विगतदेखि दैनिक रुपमा ज्यालामजदुरी गर्दै आएका, भरियालगायत पनि मापदण्ड भित्र रहेको उनले  भने ।

त्यसैगरी महानगरपालिकाले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलनलाई पनि तीब्र रुपमा अघि बढाएको उनले जानकारी दिए।  महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको त्रिचालिसौँ नगर कार्यपालिका बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई वितरण गरेको थियो।

त्यसैका आधारमा विवरण संकलनको कामलाई तीब्रता दिएको उनले बताए। वडाहरुले क्वारेन्टाइनका निर्माणको कामलाई पनि तीब्रता दिएका छन्। वडा नम्बर–४ का अध्यक्ष मोहन विष्टले बागमती कलेज सुकेधारालाई २७ शैयाको क्वारेन्टाइन बनाएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here