घोराहीमा घरघरमै उपभोग्य वस्तु आपुर्ति

8

दाङ – जिल्लाकाे घोराहीमा लक डाउनको समयमा खाद्यवस्तुको अभाव हुन नदिन घरघरमा आपूर्तिको व्यवस्था मिलाइएको छ ।

यो भन्दा अगाडि घोराही उपमहानगरपालिकामा उपभोक्ताको लागि खाद्यवस्तु खरिद गर्न दैनिक ३ घण्टा समय छुट्टाइएको थियो । सो समयमा भीडभाड बढी हुने र कोरोना संक्रमणको जोखिम हुने भएकोले घरघरमै सामान पुर्याउने व्यवस्थासहित बजार २४ सै घण्टा बन्द गरिएको छ ।

दाङ उद्योग बाणिज्य संघ र चेम्वर्स अफ कर्मशले खाद्यान्नको लागि ५ वटा गाडी, तरकारी, फलफुलका लागि पाँच-पाँच वटा गाडी, माछा-मासुका लागि ३ र ग्याँसका लागि १ वटा गाडि परिचालन गरिएको छ ।

सामान खरिदका लागि टोल फ्री नम्बर (१६६०८२५६५५५) मा फोन गर्नुपर्नेछ । लकडाउनको समयमा नगरबासीलाई आबस्यक पर्ने सामान दैनिक खाद्यबस्तु तरकारी र दुधजन्य पद्धार्थ, फलफूलसँगै माछा-मासु र अण्डा उपभोक्ताको घरघरमा पुर्याउने व्यवस्था मिलाइएको वडा नम्वर १४ का अध्यक्ष शक्तिबहादुर डाँगीले जानकारी दिनुभयो ।

दाङ जिल्ला उद्योग बाणिज्य संघलाई जिम्मा दिइएको तथा दाङ जिल्ला उद्योग वाणिज्य संघले विभिन्न किसिमका उपसमिति गठन गरेर घरघरमा सामान पुर्याउने काम गरिएको संघका अध्यक्ष नारायण भुषालले जानकारी दिनुभयो ।

लकडाउनलाई सबैले कार्यान्वयन गर्न सके कोरोनाको कहरबाट बँच्न सकिने हुनाले माग अनुसारको दैनिक उपभोग्य वस्तु घरघर सम्म ल्याउने व्यवस्था मिलाएकोमा स्थानीयबासी खुसी छन् ।

यस बीचमा औषधि पसल, पेट्रोल पम्प, बैंक तथा वित्तीय संस्था भने खुलै रहने छन् । लकडाउनको उल्लङ्घन हुन नदिन चोक-चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here