कोभिड-१९ बारे देशमा पारेकाे प्रभावबारे त्रिविले अनुशन्धान गर्ने

63

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले कोभिड १९ बाट सृजित परिस्थितिबारे अपिल जारी गरेका छन् । डीन र विभागीय प्रमुखहरूको समन्वय तथा शिक्षक र विद्यार्थीहरूको सहमतिमा संभव भएसम्मका स्तानकोत्तर वा सोभन्दा माथिल्लो तहका पठनपाठनहरू तुरुन्तै वैकल्पिक शिक्षण विधि अनलाईनबाट शुरु गर्ने अपिलमा जनाईएको छ ।

त्यस्तै, स्थगन गरिएका परीक्षाहरू लकडाउनको अन्तपछि सहज वातावरण सिर्जना भएपछि क्रमशः नयाँ परीक्षा तालिका बनाई सञ्चालन गर्नेपनि जनाईएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीले नेपालको सामाजिक, आर्थिक, शैक्षिक, मनोवैज्ञानिक तथा मानवीय क्षेत्रमा अन्पकालीन र दीर्घकालीन रुपमा केकस्ता असरहरू पु¥याउन सक्दछ ? विश्वविद्यालय मातहत रहेका अनुसन्धान केन्द्रहरू मार्फत् त्यसको गहिरो अनुसन्धान गरि त्यसबाट प्राप्त निष्कर्षहरूलाई नेपाल सरकारले भावी नीति निर्माणमा उपयोग गर्न तथा त्रिभुवन विश्वविद्यालयले खेल्ने भूमिकाको स्पष्ट दिशावोध गराउनका लागि निम्न केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रहरूलाई अनुसन्धान गर्न जिम्मा दिने निर्णय भएको अपिलमा उल्लेख गरिएको छ ।

Vयस्तो छ उपकुलपति बाँस्कोटाको अपिल VC_Note

जसअनुसार, माइक्रोवायोलोजी, वायोटेक्नोलाजी र भौतिकशास्त्र विभागलाई नेपालमा पाइएको कोभिड १९ को अनुसन्धान कार्य गर्ने जिम्मा दिने, कोभिड–१९ ले नेपालको अर्थतन्त्रमा पु¥याउने प्रभाव सम्बन्धी अनुसन्धानको जिम्मा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र सेडालाई दिने, कोभिड–१९ ले नेपालको सामाजिक तथा मानवीय क्षेत्रमा पु¥याउने प्रभाव सम्बन्धी अनुसन्धानको जिम्मा नेपाल र एसियाली अनुसन्धान केन्द्र सिनासलाई दिने, भावी दिनमा यस्ता महामारीले पु¥याउने क्षती न्युनिकरण गर्न के कस्तो बैज्ञानिक उपकरणहरूको आवश्यकता पर्ने हो सोको अनुसन्धानको जिम्मा व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र रिकास्टलाई दिने र लामो समयसम्म पठनपाठन परीक्षा अवरुद्ध हुँदा के कस्ता पठनपाठन विधि र पद्धति अवलम्बन गरेर शैक्षिक क्यालण्डर नियमित र व्यवस्थित गर्न सकिन्छ भन्े लगायतका शैक्षिक गतिविधिको अनुसन्धानको जिम्मा शिक्षा विकास तथा अनुसन्धान केन्द्रलाई दिने निर्णय भएको पनि उक्त अपिलमा जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here