यसकारण रजनीकान्त बास्तविक नायक !

167

एजेन्सी – सन् १९५० डिसेम्बर १२ मा भारतको बेन्गालुरुमा जन्मिएका रजनीकान्तलाई चलचित्रका मात्रै नभई वास्तविक जीवनकै  नायकका रूपमा चर्चा गर्ने गरिन्छ ।

उनी यो उमेरमा पनि फिल्म अभिनयमा उत्तिकै सक्रिय र सफल छन् । रजनीकान्तलाई बास्तविक नायक भनिनुमा थुप्रै कारण छन् । तीमध्ये भारतीय अनलाइनहरूले केही कारण उल्लेख गरेका छन् :

अर्काको दुःख देख्न सक्दैनन्
अभिनेता रजनीकान्त निकै दयालु मनका हुनु हुन्छ । उनी अर्काको दुःखलाई आफ्नै दुःख मान्छन् । त्यसकारण उनले यसपालि पनि आफ्नो जन्मदिन मनाएनन् । उनले गत वर्ष तमिलनाडुकी तत्कालीन मुख्यमन्त्री जय ललिताको निधन भएकाले दुःखमा आफ्नो जन्मदिन मनाएनन् । त्यसभन्दा अघिल्लो साल सन् २०१५ मा चेन्नाईमा आएको बाढीका कारण धेरै धनजनको क्षति भयो । त्यसकारण उनले जन्मदिन मनाएनन् ।

यसपालि भने तमिलनाडु तथा त्यसको आसपासका राज्यमा आएको बाढीले जनजीवन तहसनहस पारेकाले त्यसको दुःखमा उनले जन्मदिन नमनाउने निर्णय गरेका हुन् । उनले आफ्ना शुभचिन्तकसँग आफ्नो जन्मदिन मनाउने खर्च बाढीपीडितको सहयोगमा खर्च गर्न अनुरोध गरे । त्यति मात्रै होइन, उनले पीडितहरूलाई हरेक तवरले सहयोग गर्ने गरेका छन् ।

चलचित्र फ्लप हुँदा पैसा फिर्ता
रजनीकान्त साउथ इन्डियन फिल्मका सुपरस्टार हुन् । उनको नामैले चलचित्र चल्ने गर्छ । तर, कुनै कारणले आफ्नो चलचित्र  चलेन या घाटा लगायो भने उनले विनाकुनै सर्त वितरकलाई पैसा फिर्ता गर्ने गरेका छन् । उनले आफ्नो ‘बाला’ नामक चलचित्र  फ्लप हुँदा वितरकलाई बोलाएर पैसा फिर्ता दिएका थिए । यो कुरा हालै २.० को एउटा कार्यक्रममा अक्षयकुमारले खुलासा गरेका थिए ।

गरिबलाई सहयोग
रजनीकान्त अति धनी र चर्चित सेलेब्रिटी हुन् । तर, उनले आफ्नो गरिबीका दिन कहिल्यै भुल्दैनन् । निकै संघर्ष र मिहिनेतका कारण आफ्नो स्थान बनाएका रजनीकान्तले वेला–वेलामा गरिबका लागि विभिन्न सहयोगका कार्यक्रम गर्ने गर्छन् । गरिबीका कारण पेट भर्न, पढ्न नपाएकालाई उनले सहयोग गर्ने गरेका छन् । आफ्नो पुराना दिन कहिल्यै भुल्न नसक्ने बताउने उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । त्यसकारण दक्षिण भारतमा उनलाई कतिपयले भगवान् मानेर पूजा गर्ने गर्छन् ।

ध्यान गर्छन्
रजनीकान्तलाई अमिताभ बच्चनले समेत आफूभन्दा कुशल अभिनेता तथा सुपरस्टार मान्ने गर्छन् । तर, रजनीकान्त भने सादा जीवन जिउने गर्छन् । उनी आफ्नो हरेक फिल्म रिलिजपछि हिमालयतिर जान्छन् र केही दिन एकान्तमा बसेर ध्यान गर्ने गर्छन् । उनको अब २.० नामक फिल्म दर्शकमाझ आउने भएको छ । रोबर्टको सिक्वेलका रूपमा रहेको सो चलचित्रमा रजनीकान्तका साथमा बलिउड अभिनेता अक्षयकुमार प्रमुख भूमिकामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here