कोरोना संक्रमित १६ लाख नाघ्यो, मृतक ९५ हजार पुग्याे

15

एजेन्सी – संसारभर कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । मृतक संख्या ९५ हजार नाघेको छ ।

तीन लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन् । पछिल्लो तथ्यांक अनुसार १६ लाख ३ हजार ४ सय ३७ कोरोना भाइरसबाट संक्रमित भएका छन् । ९५ हजार ७ सय १६ जनाको मृत्यु भएको छ । ३ लाख ५६ हजार ४ सय ४० जना निको भई घर फर्किएको तथ्यांक छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यसपछि युरोपेली देशहरु अगाडि छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमित ९ जना रहेकोमा एक जना नीको भई घर फर्किइसकेका छन् ।

देश         संक्रमित
अमेरिका ४६८५६६
स्पेन १५३२२२
इटाली १४३६२६
जर्मनी ११८२३५
फ्रान्स ११७७४९
चीन ८१९०७
इरान ६६२२०
बेलायत ६५०७७
टर्की ४२२८२
बेल्जियम २४९८३
स्वीटजरल्यान्ड २४०५१
स्रोतः वोल्डोमिटर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here