श्रमजीवी पत्रकारले पारिश्रमिक पाएनन् : पत्रकार महासंघ

105
अाज शुक्रबार अनुगमनबारे विज्ञप्ति प्रकाशित गर्दै महासंघले बिगतका महिनाको बाँकी पारिश्रमिकसमेत प्राप्त गर्न नसक्दा श्रमजीवी पत्रकारहरुले आर्थिक अभाव झेलेर काममा खटिएको दुःखद अवस्था अनुगमनका क्रममा देखिएको उल्लेख छ। महासंघले यस्तो समस्या भएका सञ्चार गृहको नाम भने उल्लेख गरेको छैन।

महासंघले श्रमजीवी पत्रकार ऐनले तोकेको अवधिभन्दा बढी काम गर्नुपर्ने अवस्था रहेको र अतिरिक्त कामको पारिश्रमिकसमेत उपलब्ध गराएको नपाइएको प्रतिवेदनमा उल्लेख गरेको छ। सञ्चारकर्मीहरुको लागि सञ्चार गृहहरुले गरिएको पूर्वसर्तकता समेत सन्तोषजनक नभएको, विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामरा पर्सनहरु बढी जोखिममा रहेको, कार्यालयमा पनि आवश्यक दूरी कायम नगरिएको र कतिपय सञ्चारमाध्यमहरुमा मास्क, स्यानिटाइजर र पन्जाजस्ता अत्यावश्यक सामग्रीसमेत प्रबन्ध नगरिएको महासंघले उल्लेख गरेको छ।

लकडाउनको समयमा पनि देशका विभिन्न स्थानमा विभिन्न व्यक्ति र निकायबाट पत्रकारमाथि कुटपिट, धम्की, दुर्व्यवहार र काममा अवरोधका घटनाहरु घटेको उल्लेख गर्दै महासंघले राज्यपक्ष, राजनीतिक दल र अन्य पक्षबाट ६ वटा प्रेस स्वतन्त्रता विरोधी घटना भएको उल्लेख छ।

विज्ञप्तिकाे पूर्ण पाठ:

fnj media anugaman Report (1)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here