नेपाल सरकारलाई पूर्वराजा ज्ञानेन्द्रकाे सुझाव

57
काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहले सरकारलाई सचेत हुन अनुरोध गर्दै कोरोना भाइरसले उत्पन्न गरेको वर्तमान संकटका बेला विभिन्न संघ संस्थाले वितरण गरिएको राहत तथा खाद्य सामग्रीको गुणस्तर मापन गर्नुपर्ने माग गरेका छन् ।
 जी. शाह (ज्ञानेन्द्र शाह) का नामको समाजिक सञ्जाल ट्वीटर एकाउण्टमा पोष्ट गर्दै उनले संकटका बेला वितरित कुनै पनि खाद्य वस्तुका कारण अर्को कुनै विपत निम्त्याइनु दुर्भाग्यपूर्ण हुनसक्छ भन्दै सरकारलाई सचेत हुन अनुरोध गरेका हुन् ।
साथै उनले संकटको यस घडिमा देश र जनाको हितमा कार्यरत राष्ट्रसेवक कर्मचारी सेना, प्रहरी, सरसफाइकर्मी लगायत कसैको पनि मनोबल गिर्ने गरी सरकारले कुनै निर्णय लिनु वा कानून विपरीत पूर्वाग्रह राख्नु निन्दनीय कार्य भएको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘कानून निर्माण पक्षले नै कानून मिच्दा आम जनमानसले कानूनको अविश्वास गर्नेछन् ।’
लकडाउनलाई सबै नागरिकले पूर्ण पालना गर्नुपर्ने समेत उल्लेख गरेका छन् । जो जहाँ जुन अवस्थामा रहेको भए पनि सोही अवस्थामा आम नागरिकलाई सरकारले बसाउनु पर्ने र कोरोना संक्रमण थप फैलिन नदिन सक्रिय हुनु पर्ने उनको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here