विश्व अर्थतन्त्रमा चीनको ६ दशकयताकै सबभन्दा कमजोर

22

एजेन्सी – चीनले ६ दशकयताकै सबभन्दा खराब त्रैमासिक बेहोरेपछि विश्व अर्थतन्त्रका सम्बन्धमा चिन्ता व्यक्त गरिएको छ । विश्वकाे दोस्रो ठूलो अर्थतन्त्रमा सन् २०२० को पहिलो त्रैमासिकमा १० प्रतिशतले कमी आएको छ । केही वर्षयता चीनमा भएको अभूतपूर्व विकासदरलाई यसले अन्त्य गरेको छ ।

यो नाटकीय कमीपछि अब बेइजिङले सन् २०२० को दशकमा आफ्ना अर्थतन्त्र दोब्बर बनाउने लक्ष्य पूरा गर्न नसक्ने देखिएको अक्सफोर्ड विश्वविद्यालयको चाइना सेन्टरले जनाएको छ । यसै हप्ता आँकडाहरू सार्वजनिक गरिनेछ र यसले कोरोनाभाइरस महाव्याधिको प्रभाव हेर्न मापदण्डको काम गर्नेछ ।

व्यापक बन्दाबन्दीका कारण कम्पनीहरूमा कति आघात पर्नेछ भनी कारोबारीहरूले निश्चित गर्न खोज्दै गर्दा स्टक मार्केट अस्थिर भएका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here