भारतमा ३ मे सम्म लकडाउन

55

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म लकडाउन लम्ब्याएको घोषणा गरेका हुन् ।

‘अब ३ मईसम्म लकडाउन लम्ब्याइएको छ,’ उनले भने, ‘सामाजिक दुरी र लकडाउनको लाभ देशलाई मिलेको छ ।’ आर्थिक दृष्टिले यो महङ्गो सावित भएपनि भारतवासीको जीन्दगीको अगाडि यसको कुनै तुलना नभएको जनाए । उनले भने, ‘भारत जुन मार्गमा चलेको छ त्यसको चर्चा दुनियाँभरमा भएको छ ।’

त्याग गरेर देशलाई नोक्शान हुनबाट बचाएको भन्दै धन्यवाद व्यक्त गरे । भारतले संक्रमणबाट रोक्न अन्य देशको तुलनामा महत्वपूर्ण काम गरेको जनाए ।  केही हप्ता अघि भारत जत्तिकै संक्रमित संख्या भएका देशहरुमा हजारौं हजार संक्रमित भइसकेको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here