आईएमएफले जनायाे – एसियाली मुलुकहरूको विकास रोकिन्छ

69

एजेन्सी – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ६० वर्षमा पहिलोपटक यसपालि एसियाली देशहरूको विकास रोकिने जनाएकाे  छ ।

एसियाली देशहरूको विकासमा कमी आउँदा वैश्विक वित्तीय संकटको वार्षिक औसत विकास दर ९४.७ (प्रतिशत) वा एसियाली वित्तीय संकट ९१.३ (प्रतिशत) भन्दा पनि खराब हुने आईएमएफको भनाइ छ ।

आईएमएफका अनुसार कोरोना भाइरसलाई रोक्ने नीतिहरू प्रभावकारी भए २०२१ मा एसियाली देशको विकास दरमा फेरि एकपटक उछाल आउनेछ ।

आईएमएफको चेतावनी विश्व बैंकको चेतावनीको ठीक एक दिनपछि आएको हो । विश्व बैंकले दक्षिण एसियाली देशहरू पछिल्लो ४० वर्षयताकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको जनाएकाे थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here