काठमाडाैं – लकडाउनमा बुधबार राति महाराजगंज टिचिंङ् हस्पिटलमा ड्युटी सकेर घर फर्किरहेका चिकित्सकहरू माथि कुटपिट भएको थियो। यस घटनाको बिहिबार दिनभर चर्को बिरोध भएकाे छ ।
तर बिहिबार साँझ नै प्रहरीले कलंकी चोकमा आफ्नो बल प्रयोग गर्न छोडेन। हातमा औषधिको झोला देख्दा देख्दै र औषधिको बिल देखाउछु भन्दा भन्दै पनि प्रहरीले कुरै नसुनी लाठी बर्साएको भिडियाेमा देखिन्छ।
प्रहरीले टाउकोमा लाठी बर्साउदा उक्त लाठी नै भाञ्चिएको छ। त्यस पश्चात प्रहरीले तीन जनालाई पक्राउ गरेको हेल्थपाटीका पत्रकार जग्गनाथ ढकालले जनाएका छन्।
भिडियाे भाइरल भएपछि अहिले सामाजिक संजालमा प्रहरीको चर्को आलोचना भइरहेको छ ।
प्रहरीले संयमता गुमाउँदा परिस्थिति बिग्रिन सक्ने भन्दै घटनामा संलग्न प्रहरी अधिकारीहरूलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग भइरहेको छ।
भिडिओ स्रोत : हेल्थपाटी