काेभिड १९ बाट विदेशमा १४ नेपालीको मृत्यु, २ सय संक्रमित

140

काठमाडौं – काेभिड १९ बाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । करिब २ सय जना संक्रमित  भएका छन् ।

बेलायतमा सबैभन्दा बढी आठ नेपालीको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । ३५ जना संक्रमित रहेका छन् ।

अमेरिकामा एक नेपाली मूलका नागरिकसहित छ नेपालीको मृत्यु भएको छ । तीन जनाको मृत्यु कोरोना भाइरसका कारण पुष्टि भइसकेको छ भने बाँकी तीन जनाको पुष्टि हुन बाँकी छ ।

अमेरिकामा ६० जना नेपाली संक्रमित छन् । सबैभन्दा बढी न्युयोर्कमा ४५ जना नेपाली संक्रमित छन् । यो संख्या अझै धेरै रहेको अनुमान छ ।

बेलायत र अमेरिकापछि सबैभन्दा बढी नेपाली संक्रमित रहेको देश बहराइन हो ।

नेपालको श्रम गन्तव्यमध्ये एक बहराइनमा २२ जना नेपाली संक्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पोर्चुगलमा र कुबेतमा १२–१२, यूएईमा ११ अस्ट्रेलियामा र स्पेनका ८–८, स्वीटजरल्यान्डमा पाँच, साउदी अरबमा चार,जापानमा दुई ,इजरायल, हङकङ, न्युजिल्यान्ड र मलेसियामा एक-एक जना नेपाली संक्रमित छन् ।

भारतमा धेरै नेपाली कामदारलाई कोरोना संक्रमण भएको अनुमान छ । जसमा अछाम घर भएका एकै परिवारका आठ जना संक्रमितको उपचार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here