मौलिक लोकभाका ‘चरी बस्यो’ भिडियाे सार्वजनिक

213

काठमाडौं : लकडाउनकाे समयमा गायिका हरिमाया गुरुङ र सीता गुरुङको मौलिक लोकभाका ‘चरी बस्यो’ सार्वजनिक भएको छ।

यस गीतमा हरिमाया गुरुङ, सीता गुरुङ, राजु गुरुङ, कृष्ण गुरुङ र आइतराम गुरुङको स्वर छ। गायिकाद्वय हरिमाया र सीता गुरुङको शब्द तथा संगीत रहेको मौलिक लोकभाका ‘चरी बस्यो’ सार्वजनिकसँगै राम्रो प्रतिक्रिया पनि पाइरहेको छ।

चरी बस्योको म्युजिक भिडियो पश्चिमाञ्चल कल्चरल गु्रपले निर्माण गरेको छ। दीप गुरुङको निर्देशनमा बनेको उक्त भिडियोलाई मधुर बस्नेत, विजय लामा र प्रेम खनालले छायांकन गरेका छन् भने सुजन शाहीले सम्पादन गरेका छन्। हेमा गुरुङ र दीप गुरुङको कोरियोग्राफ रहेको भिडियोमा राइनासकोटको घुमाउने घरमा रोधी बसेको कथा प्रस्तुत गरिएको छ।

भिडियोमा गायक अमर विरही गुरुङ, कृष्ण गुरुङ, राजु गुरुङ, हरिमाया गुरुङ, सीता गुरुङलगायत पश्चिमाञ्चल कल्चरल गु्रपका कलाकारको अभिनय छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here