सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने ? प्रमले मन्त्रीहरुलाई बालुवाटार बोलाएर साेधे

68
काठमाडौं – कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्ने छलफल गरेको छ । 
समितिमा सहभागी एक मन्त्रीले अलपत्र परेका सर्वसाधारणका लागि विशेष राहत प्याकेज वा गन्तव्यसम्म पुर्‍याइदिनेमध्ये एक निर्णय गर्न लागिएको जानकारी दिए। एक मन्त्रीले भने, ‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ भनेर छलफल भएको छ । तर अब प्रधानमन्त्रीले के भन्नुहुन्छ, त्यस आधारमा निर्णय हुन्छ ।’
सरकारले लकडाउनपछि बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्‍याउने वा खाने बस्ने व्यवस्था मिलाउनेमध्ये एकमा निर्णय गर्ने तयारी गरेको छ। यसबारे निर्णय गर्न समितिमा छलफल भएपछि समितिका सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार जाँदैछन्।
 प्रधानमन्त्रीसँगको छलफलपछि निर्णय सार्वजनिक गरिने जनाइएको छ।
लकडाउनका बाबजुद मानिसहरु हिँडेर गाउँ फर्किन थालेपछि समिति बैठकमा  यसबारे छलफल गरेको हो । लकडाउन लम्बिएपछि उपत्यकासहित देशभर रोजगारीका क्रममा रहेका मजदुर तथा ज्यालादारी काम ठप्प भएपछि घरतर्फ लागेका हुन् ।
यसअघि सरकारले एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here