अनिकालको स्थिति नभएकाे दावी : प्रम ओली

12

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सकटको बेला पनि मूल्यबृद्धि नियन्त्रण गर्न सकेको जनाएका छन् । लकडाउनको समयमा मूल्य बृद्धि नियन्त्रणकै लागि सरकराले आपूर्ति व्यवस्थाका उचित प्रबन्धका लागि खरिद केन्द्रहरु खडा गरेको र इन्डक्सन चुल्होको प्रयोगमा प्रोत्साहन गरेको जनाए ।

सरकारी सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा अनिकालको स्थिति समेत नभएको दावी गरेका छन् ।

यो सरकार यो गरिब, निमुखा लगायत सबैको सरकार भएको भन्र्द उनले यहाँ बाँच्ने स्थिति सबैको हुने पनि प्रष्ट पारे ।

सबैको सरकार भएको अनुभुति दिलाउनका लागि अखाद्य वस्तु बिक्री गर्नेलाई कारवाही गर्नुका साथ जनता आवास कार्यक्रमजस्ता कार्यक्रम ल्याएको पनि उनले जनाए ।

लकडाउन लम्बिँदै जाँदा देशभित्र रहेका र खासगरी भारतमा रहेका कतिपय मजदुर, श्रमिक र अन्य बेरोजगार बनेका असङ्गठित क्षेत्रका मजदुर र स्वरोजगारहरु स्वदेश र घर फर्किने चाहनाले लामो दूरीको कष्टकर यात्रा तय गरिरहेका देखिन्छन्। यस स्थितिलाई व्यवस्थित गर्न सरकारले के सोचिरहेको छ ? 

वास्तवमा विचारहीन र आग्रहपूर्ण ढङ्गले जे मा पनि विरोध र दुष्प्रचार झुठ र अमर्यादित प्रस्तुति गरिनु एकाध मान्छेको कर्कश धुन हो। यसरी आलोचना गर्नु त्यो उनीहरुको प्रवृत्ति हो।

अमर्यादित शैलीमा गरिने आरोपले आरोपकर्ताहरुको सांस्कृतिकस्तर देखाउँछ तर जनताको जीवनरक्षा गर्ने आफ्नो जिम्मेवारीमा सरकार पछि पर्दैन। यसमा सबैको साथ र समर्थन छ।

लकडाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौंबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण दृश्य देखिएमा छिटो माध्यमबाट सम्बन्धित निकायमा सूचना दिऊँ। हेल्लो सरकार छ। या अरु माध्यम हुन सक्छन्। सिसीएमसीमा २० जना मान्छे २४सै घण्टा स्ट्याण्डबाइ बसिरहेका छन्।

त्यहाँ खबर गरौँ। बिजोग दृश्यमा रमाइलो मान्नेभन्दा पनि यसलाई रचनात्मकरूपमा समाधान गर्न लाग्न सकिन्छ। प्रहरीलाई थाहा नदिइ एकाएक धादिङको सडकमा केही यात्रु कसरी देखिएरु अनि प्रहरी र सिडिओलाई थाहा नभएको घटनामा त्यहाँ पहिल्यै काठमाडौंदेखि पत्रकार कसरी पुगेरु के यो रहस्यपूर्ण छैन र ?

त्यसकारण सञ्चारमाध्यमले पनि यस्तो स्थितिमा अघिल्लो दिन लिइएको भिडियो भोलिपल्ट देखाउनुभन्दा तत्कालै सूचना दिएर सहयोग गर्न सक्छ। सरकारलाई गालीको फेहरिस्तभन्दा छिटो सूचनाका माध्यमबाट सरकारलाई सूचना दिन आग्रह गर्दै त्यस्तो स्थितिमा यात्रु र मजदूरहरु परेको थाहा पाएलगत्तै सरकारले बाटामा खाना खुवाउने र सुरक्षितरूपमा गन्तव्यमा पठाउने प्रबन्ध गरेको छ।

यस्तो बेलामा सरकारलाई विरोध गर्न अस्त्रहरु तयार गरेर कसैले पनि खेल्नु हुँदैन। नेपालमा रोग या भोकले कोही मर्नु पर्दैन। यो देश भीखमङ्गाहरुको देश होइन। गरिखानेको देश हो। विशेष परिस्थिति भएकाले आमजनतालाई असुविधा भएको कुरा हामीले महसुस गरेका छौँ। पहिला त भाइरस रोगबाट जीवन बचाउनुपर्छ भनेर एकजुट भइ लाग्नुपर्छ। हामीले राहत वितरणलाई पनि निरन्तरता दिएका छौँ। त्यहाँ कुनै अपर्याप्ता छ भने हेर्न सकिन्छ।

उनको अन्तरवार्ताको अर्थसँग सम्बन्धित अंश :

लकडाउनका बेला दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था पनि नियमित गर्नुपर्ने दायित्वलाई पूरा गर्न कस्तो प्रबन्ध भइरहेको छ ? 

हामीले आपूर्ति व्यवस्थाका उचित प्रबन्धका लागि खरिद केन्द्रहरु खडा गरेका छौँ। मूल्यवृद्धि हुन दिएको छैनौँ। इन्डक्सन चुल्होको प्रयोगमा प्रोत्साहन गरिएको छ। मुलुकमा अनिकालको स्थिति छैन।

अखाद्य वस्तु बिक्री गर्नेलाई कारवाही गरिएको छ। यो गरिब, निमुखा सबैको सरकार हो। यहाँ बाँच्ने स्थिति सबैको हुन्छ। नत्र किन जनता आवास कार्यक्रमजस्ता कार्यक्रम ल्याउँथ्यो ?

भारतमा रहेका कतिपय नेपाली स्वदेश फर्कन पाऊँ भनिरहेका छन्। कोही सीमामा अलपत्र छन्। खाडीलगायत मुलुकमा पनि श्रमिक नेपालीहरुको अवस्था गम्भीर हुँदै आएको छ। यसबारे केही सोच्नुभएको छ ?

स्वदेश आउन पाउनुपर्छ। तर देशभक्ति उम्लिने कतिबेलारु हामी उहाँहरुलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन चाहन्छौँ। के सङ्क्रमितलाई धमाधम ल्याएर गाउँगाउँ पठाएर अरु मान्छे सोत्तर बनाउनुपर्छ भन्ने हो ?

हामीले सीमामा अलपत्र परेकालाई इच्छाअनुसार होटलमा वा क्वारेन्टाइन राख्न भनेका छौँ। केही मानिस होटलमा नबस्ने, क्वारेन्टाइनमा नजाने अनि दशगजामा सुत्ने गरेको पनि पाइयो। नेपालीलाई पारि पनि खानबस्न व्यवस्थाका लागि हामी सम्बन्धित सरकारसँग कुरा भएको छ। अनि जसरी पनि आउनुपर्नेरु हामी भारतको सङ्क्रमणको स्थिति हेरेर मात्रै सीमा खुलाउँछौँ। सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर हुन दिँदैनौँ। यस्तो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनबाट बच्ने हो।

मैले नेपालीहरु रहेका विभिन्न मुलुकका समकक्षीसँग चरणबद्धरूपमा कुरा गरिरहेको छु। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न सरकार प्रमुखसँग कुरा गरेको छु। र अन्य संयन्त्रले सम्बन्धित तहमा कुरा गरिरहेका छन्। त्यहाँका सरकारले त्यहाँ रहेका श्रमिक र विद्यार्थी नेपालीलाई आवश्यक उचित प्रबन्ध गछौँ भनेका छन्, त्यसकारण आत्तिनुपर्ने स्थिति छैन।

श्रमिक र गरिखाने वर्गका लागि तत्कालीन राहतका कुरा त आयो तर आर्थिक क्षेत्रमा दीर्घकालीन असर पर्ने भएकाले यसबारे आगामी नीति तथा कार्यक्रम र बजेटबाट कस्तो सम्बोधनको तयारी गर्दै हुनुहुन्छ ? 

मैले अघि पनि भनेँ, हामी नेपालीलाई खाने, बस्ने र बाँच्ने प्रबन्ध गछौँ। अहिले कोरोना सङ्कट नआएको भए बेग्लै स्थिति हुन्थ्यो। हाम्रा अघि बढिरहेका विकास र समृद्धिका कामले रफ्तार लिइरहेका हुन्थे।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को हाम्रो राष्ट्रिय आकाङ्क्षा कायमै छ तर अब कोरोनामुक्त देशले मात्रै समृद्धि हासिल गर्न सक्छ। पहिलो सुनिश्चिता जनताको जीवन हो। यसबीचमा कठिनाइ व्यहोरेर मानिसको जीवन बचाउनुपर्छ। अर्थतन्त्रमा योगदान नै नगरेका वर्गलाई पनि उनीहरुको बाँच्ने हिस्सा छ भन्ने अनुभूति दिलाउनुपर्छ। गरिब, विपन्न, उद्यमी, व्यापारी सबैलाई यसको असर पर्छ।

हामीले समृद्धिका लागि जुन रफ्तारका साथ काम गर्ने सोचेका थियौँ, त्यो गति धीमा त हुने नै भयो। आगामी दिनमा मजदूर, श्रमिक, किसान, उद्यमी, व्यावसायी सबैलाई बाँच्ने हिस्सा रहन्छ। अहिलेको सङ्कटबाट पार्ने असरलाई विचार गरेर उपयुक्त नीति र कार्यक्रम ल्याइनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here