’लकडाउन’को मौका छोपेर कालाबजारीया भ्रष्ट दलालहरुको लुट योजना सकृय

162

 -भरत दाहाल 

समाचार सुन्नु भयो ? भाटभटेनी सुपर स्टोरलाई देशैभरिका स्टोरहरुमा दिनभरि नै ब्यापारिक कारोबार गर्न अनुमति ! भाटभटेनीले लागु गर्ने सर्तहरु अरुले लागु गरेर पसल खोल्न नपाउनुको कारण के ? यसको एकमात्र कारण हो, भाटभटेनीमा भ्रष्टाचारी नेताहरुको लगानी छ र सो कम्पनी अवैध धन्धा गर्दै आएको माफिया कम्पनी हो । आफ्नो जायजेथा बेचेर वा ऋण लिएर कारोबार गर्ने नेपालीहरुको ढाड भाँच्ने र नेपाली नागरिकहरुको पैसा एकाध दलाल, माफिया र तस्करहरुका हातमा केन्द्रिकरण गर्ने योजना हो यो ।

यहाँ मात्र होइन, पश्चिमाजगतमा पनि ‘लकडाउन’ले नाफामा ठूलो नोक्सानी गर्यो भनेर यसको विरोध भैरहेको छ । कालो पुँजीले जनस्वास्थ्यभन्दा नाफालाई माथि राख्छ । नेपालमा भाटभटेनीलाई ‘लकडाउन’ नलाग्ने, ओम्नीले विपत्तिको मौका छापेर प्रधानमन्त्री–मन्त्रीको आडमा औषधिमा भ्रष्टाचार गर्न पाउने र माफियाहरुले नदीखोलाका बगरहरुबाट ढुंगा र बालुवा निकालिरहन पाउने कारण यही हो । मानिसको ज्यानको सौदाबाजी गरेर धन जोड्ने यी अपराधी तत्वको विरोध गर्दा यिनीहरुको दिमाग विक्षिप्त हुन्छ।

भाटभटेनीले पसल खोल कोरोना नसर्ने र अरुले खोल्दा सर्ने भनेको के हो ? भाटभटेनीमा सामान किन्न दिनभरि नै मानिसहरु बजारमा हिंड्न पाउने तर खान नपाएर भोकै बसेका नागरिकहरु भित्रै गुम्सिएर मर्नुपर्ने कारण के हो ? अन्तर्राष्ट्रिय माफिया सञ्जालका सदस्यहरुलाई ‘लकडाउन’ नलाग्ने तर आफै दुःख गरेर पेशा गर्ने नेपालीहरुको टाट उल्टिनु पर्ने कारण के हो ? नेपाली किसानहरूले कृषिजन्य उत्पादनहरू खाल्डामा पुर्नुपर्ने तर इण्डियन शंकास्पद उत्पादन नेपाल भित्रिइरहने कारण के हो ?

ओ, ओम्नीका भरीया बादशाहहरु ! फोन नउठाएको बहाना झिकेर एउटा समर्पित डाक्टरमाथि कार्वाही गर्नेले ओम्नीको अपराधमाथि कार्वाही किन नगरेको ? ओ, भाटभटेनीका कमिशन मगन्तेहरु, ‘लकडाउन’को कडाइको कोकोहोलो मच्चाएर दैनिक मेहनतबाट जीवन धान्नेहरुको पेशा बन्द गर्नेले भाटभटेनीलाई किन अपवादमा राखेको ? यो एकलौटी लुट मच्चाउने दलालहरुको योजना हो । यो सत्तामा रहेका भ्रष्टहरुको कमिशन बटुल्ने धन्धा हो । यो मुठ्ठीभरका कुलिनहरुको लुटको योजना हो । यसको चौतर्फी विरोध हुनुपर्छ । कालाबजारियाहरुको संरक्षणमा सरकार लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here