फिफा २०२२ सार्न फिफा पूर्वअध्यक्षको सुझाव

60

काठमाडाैं – फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले २०२२ को विश्वकप फुटबल अमेरिकामा सार्न सुझाव दिएका छन् । उनी यतिबेला प्रतिबन्धमा छन् । सन् २०२२ को विश्वकप कतारमा हुँदै छ । उनकै समयमा २०२२मा विश्वकप कतारलाई आयोजना गर्ने जिम्मेवारी दिइएको थियो । भ्रष्टाचारको अभिययोगपछि फुटबलसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउनेगरी उनी ६ वर्षका लागि प्रतिबन्ध छन् ।

कतारमा विश्वकप आयोजनाका लागि जिम्मा दिने विषयमा पनि उनले मतदान प्रभावित गरेको आरोप लागेको थियो । ‘जर्मनीले आयोजना गर्न सक्छ । तर, २०१८ पछिको विश्वकप फेरि पनि युरोपमै भन्ने हुन्छ,’ उनले भने, ‘अमेरिकाले २०२६ मा आयोजना गर्दै छ । उनीहरु सक्षम छन् । यो कुनै रकेट विज्ञान होइन । उनीहरूसँग सन् १९९४ को अनुभव पनि छ ।’

उनले सन् २०२२ मा ३२ टोलीले खेल्ने भएकाले पनि अमेरिकासँगै जापानले पनि गर्न सक्ने तर्क राखेका हुन् । ‘विश्वकपमा ३२ टोलीले खेल्ने हो । ४८ टोलीले होइन । २०१८ को भन्दा बढी मिहिनेत गर्नुपर्ने हुँदैन । विकल्पमा जापान पनि आयोजक हुन सक्दछ,’ उनले भने ।

फिफा विधानकै अनुसार कारबाहीमा परेका ब्लाटरले भने, ‘मलाई त्यहाँबाट निकाल्नका लागि गरिएको एउटा प्रयासबाहेक केही थिएन । अनुसन्धानको अंक मेराविरुद्धको षड्यन्त्रबाहेक केही थिएन । अनुसन्धानकर्ताले हेरे मैले क्यारेबियन फुटबल युनियसँग सामान्य सम्झौता गरेको थिए । त्यो सबै समाधान हुनेछ । सबैभन्दा राम्रा उपाय मलाई फिफाले मानर्थ अध्यक्ष मान्दा हुनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here