उत्तर कोरियाका नेता किमको मुटुको शल्यक्रिया

87

एजेन्सी – उत्तरकोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ । सञ्चार माध्यमका अनुसार, अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको हो । शल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर प्रकाशमा आएका छन् । पछिल्लो समय एक विशेष वार्षिक समारोहमा उनी उपस्थित नभएपछि उनको विषयमा विभिन्न आशंका उत्पन्न भएका थिए ।

किमका हजुरबुबाको अप्रिल १५ मा जन्मजयन्ती थियो । उत्तरकोरियामा यो दिन विशेष किसिमले मनाउने प्रचलन छ । त्यहाँ सार्वजनिक बिदा दिइन्छ । तर, उत्तरकोरियाली सञ्चारमाध्यले सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन देखिएका थिएनन् । स्रोतका अनुसार, अप्रिल १२ मा उत्तरकोरियाको अस्पतालमा उनको मुटुको सर्जरी गरिएको थियो । उत्तर कोरियाभित्रको जानकारी पाउनु निकै कठिन हुन्छ । विशेषगरी त्यहाँका नेताको विषयमा कुनै पनि जानकारी बाहिर चुहाइँदैन ।

अत्यधिक तौल र कामको चापले पछिल्लो केही समययता किमको स्वास्थ्यमा समस्या देखिँदै आएको थियो । गत अगस्टयता नै उनलाई मुटुको समस्या देखिएको बताइन्छ । किम अन्तिमपटक अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिटब्युरोमा सहभागी भएका थिए । त्यसपछि उनी अस्पताल भर्ना भएको समाचारहरूमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here