ओली- प्रचण्ड कस्काे पल्ला वजनदार ?

186

काठमाडौं – यतिखेर नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद चुलिदै गएको छ । लकडाउनको बखत ल्याइएको अध्यादेशले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढेको हो ।

सत्ता संघर्षको माहोल तयार हुँदै जाँदा नेकपाभित्र कस्को पक्षमा कति सांसद, सचिवालय, स्थायी र केन्द्रीय सदस्य छन् भन्ने टाउको गणना हुन थालेको छ । प्रधानमन्त्री ओली निकटस्थहरुले संसदमा उनी पक्षधरको पूर्ण बहुमतको दाबी गर्दै आएका छन् । ८२ सांसद ओलीको पक्षमा रहेकाले कसैले हल्लाउन नसक्ने दाबी छ । तर, परिस्थिति बदलिदै गएको छ । कसैलाई मन्त्री नपाएको झोक चलेको छ त कसैलाई भनेको नचलेकोमा असन्तुष्टि छ ।

सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा आफूसहित तीनजना छन् । ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल उनको पक्षमा देखिएका छन् । तर, पौडेल कुनैपनि बेला यु टर्न हुनसक्छन् ।

प्रचण्डका पक्षमा नारायणकाजी स्पष्ट देखिएपनि रामबहादुर थापा बादलको भर हुन छाडेको छ । तैपनि प्रचण्डको पक्षमा आफूसहित कुल ३ जनाको गणना भएको छ । ओलीविरोधी तप्कामा देखिएका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल एक्ला एक्लै छन् । तर, उनीहरुको कारण पल्ला यता उता हुनसक्छ ।

स्थायी समितिको ४५ मध्ये ३२ जना प्रचण्ड र माधव नेपाल पक्षधर छन् । त्यहाँ पनि ओली अल्पमतमा छन् । पूर्व माओवादीबाट १९ र नेपाल पक्षका १४ छन् । नेकपा एकीकरणपछि स्थायी समितिमा पूर्व एमालेबाट २६ र पूर्व माओवादी पक्षबाट १९ जना मनोनित गरिएका थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट थायी समिति सदस्यहरु देव गुरुङ,टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल,हरिबोल गजुरेल,वर्षमान पुन,शक्ति बस्नेत,जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिकाप्रसाद यादव, गणेश साह, लेखराज भट्ट, देवेन्द्र पौडेल, चक्रपाणि खनाल, लिलामणि पोखरेल र मणि थापा छन्।

माधव निकट स्थायी समिति सदस्यहरु भीम रावल,अष्टलक्ष्मी शाक्य,युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने,रघुजी पन्त,बेदुराम भुसाल हुन् ।

केन्द्रीय समितिमा पूर्व माओवादीको ४३ प्रतिशत सदस्य छन् । पार्टी एकीकरणका बखत ४० प्रतिशत भएपनि पूर्व माओवादी छाडेर अन्य दलमा गएकाहरुलाई भित्राएर केन्द्रीय सदस्य बनाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here