नेपालका पत्रकारहरुको कोरोना परीक्षण गर्न सरकारसँग माग

141
काठमाडौं  – नेपाल पत्रकार महासंघले पत्रकारहरुको कोरोना परीक्षण गर्न सरकारसँग माग गरेको छ ।
कोरोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका क्रियाशील पत्रकारहरुको कोरोना संक्रमण परीक्षणका लागि महासंघले सरकारसँग माग गरेको हो ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बिहीबार काठमाडौंमा बसेको बैठकले कोरोनाको संक्रमण देखिएका जिल्लासहित सबै जिल्लाहरुमा अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको र्‍यापिड टेष्टसहित परिक्षणको व्यवस्था मिलाउन माग गर्ने निर्णय गरेको छ ।
साथै मिडिया हाउसले सञ्चारकर्मीलाई समयमा तलब उपलब्ध नगराएकाे सुनिएकाले तुरून्त तलब उपलब्ध गराउन मागसहित पत्रकारका हकहितका लागि महासचिव महेन्द्र विष्टको संयोजकत्वमा समिति गठन गर्ने लगायतका अन्य निर्णय गरेको छ ।
आम सञ्चारकर्मीहरु जोखिमका बीच नागरिकलाई सुसुचित गर्ने दायित्व पूरा गरिरहेका आम सञ्चारकर्मीलाई आफ्नो सुरक्षाप्रति संवेदनशील भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्नसमेत महासंघ आव्हान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here