क्वारेन्टाइनमा औलो संक्रमण  : स्वास्थ्य मन्त्रालय

189

काठमाडाैं  – क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको हो ।

यद्यपि उनले कहाँको क्वारेन्टाइनमा रहेका कति जनामा औलो संक्रमण देखियो भन्ने खुलाएका छैनन् । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १४ हजार ७ सय ३१ व्यक्ति छन् । सबैभन्दा धेरै प्रदेश ५ मा ७ हजा ९ सय ५६ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा कम व्यक्ति क्वारेन्टानइनमा रहेको प्रदेश बागमित हो । बागमतिमा १ सय ३१ जना मात्रै छन् ।

औलो नियन्त्रणका लागि क्वारेन्टाइनहरुको गुणस्तर वृद्धि गर्नुपर्ने देखिएको छ । औलो लामखुट्टाको टोकाइबाट हुन्छ । विश्वमा औलोका कारण प्रत्येक दुई मिनेटमा एक जना बच्चाको ज्यान जान्छ । र, गर्मीयाममा यसको प्रकोप देखिने गरेको छ । नेपालमा पनि औलो बेलाबेलामा देखिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here