फिफाले पाँच जना खेलाडी सब्सिच्युट गर्न प्रस्ताव

165

एजेन्सी – फुटबलको सर्वोच्च निकाय फिफाले स्थगित सिजन सक्न सहज होस् भन्दै एउटै खेलमा पाँच सब्सिच्युटको उपयोग गर्न प्रस्ताव गरेको छ । कोरोना भाइरसका कारण विश्वभरका धेरै जसो फुटबल लिगहरु स्थगित भएका बेला बाँकी सिजनको अन्त्य गर्न सहज होस् र खेलाडीलाई भार नपरोस् भन्दै फिफाले यस्तो प्रस्ताव गरेको जनाएको छ ।

स्थगित लिग सुरु गर्दै सिजनको अन्त्य गर्न यो नियम लागु गर्न सकिने फिफाले जनाएको छ । सन् २०२१ को सिजन सुचारु पूर्व प्रतिस्पर्धाका लागि आयोजकहरूलाई फिफाले पाँच सब्सिच्युट गर्न प्रस्ताव गरेको फिफाका प्रवक्ताले बताएका छन् ।

“मानव जीवन स्वास्थ्य पहिले आउँछ र यसपछि कुनै पनि प्रतिस्पर्धा । त्यसैले यस्तो अवस्थामा एकल मानव जीवनलाई जोखिममा पार्नु हुँदैन,” फिफा प्रवक्ताले भने, “फुटबल त्यतिबेला मात्र सुरु गर्नु पर्छ, जब स्वास्थ्य अधिकारी र सरकारले अनुमति दिन्छ । सुरक्षा र स्वास्थ्य सबैका लागि अत्यावश्यक छ ।”

उनले थपे, “खेलाडीहरूको सुरक्षा फिफाको मुख्य प्राथमिकताहरूमध्ये एक हो । यस सम्बन्धमा एउटा चिन्ता यो हो कि खेलका दौरान मैदानमा एउटै खेलाडीले लामो समया बिताउँदा उच्च जोखिम हुन सक्छ । लामो समयको प्रशिक्षणविहीन भएका खेलाडी ओभरलोडका कारण सम्भावित चोटपटकको जोखिम बढाउन सक्छ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here