भक्तपुर दक्षिण बाराही मार्गमा आक्समिक रक्तदान

172

भक्तपुर – नेपाल कपडा तथा सिलाई व्यवसायी संघ भक्तपुर दक्षिण बाराही मार्गमा  बैशाख १३ गते शनिबार आक्समिक रक्तदान कार्यक्रमको आयोजना  गरेको छ ।

संघका अध्यक्ष लक्ष्मीबहादुर श्रेष्ठका अनुसार विश्व नै कोरोना भाइरसको महामारी भइरहेको अवस्थामा पनि रगत आपूर्तिका लागि सहज होस् भन्ने हेतुले रक्तदानको आयोजना गरेको बताएका छन् । रक्तदान कार्यक्रममा महिला ६ जना र पुरुष ५४ गरी ६० जना भन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका थिए । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ४ का

वडाध्यक्ष उत्तम थापा, नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रामकृष्ण श्रेष्ठ र संचारकर्मीहरुलगायत विभिन्न व्यक्तित्व महानुभावहरु उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण् मध्यपुर सञ्चार समाजका उपाध्यक्ष सागर गुरागाईले गर्नु भएको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here