१५ सय किमि दुरी पार गरी गाउँ पुगेको केही घन्टामै मृत्यु

25

एजेन्सी-  खल्तीमा ५ हजार रुपैयाँ बोकेर मुम्बई देखि १ हजार ५ सय किलोमिटर दुरी तय गर्दै चौध दिनमा उत्तर प्रदेशको सावरमती जिल्ला आइपुगे इन्साफ अली। प्रहरीका चेकपोस्ट छल्दै कतै हिँड्दै त कतै ट्रकमा चढ्दै उनले यति लामो दुरी तय गरे। मुम्बईमा कामदार रहेका ३५ वर्षका उनलाई माथेकान्वा गाउँ आइपुग्नासाथ गाउँलेले क्वारेन्टाइनमा लगिहाले। क्वारेन्टाइनमा पुगेको केही घन्टामै उनको मृत्यु भयो।

कोरोना भाइरस भएको हो कि होइन भन्ने परीक्षणको परिणाम आउन बाँकी नै छ। तर, उनकी ३२ वर्षीया श्रीमती सलमा बेगमलाई उनको मृत्यु हुनुको कारण अन्दाज छ। सलमासँग अन्तिम पटक कुरा हुँदा इन्साफले बिस्कुटकै भरमा बाँचिरहेको बताएका थिए। त्यसपछि उनको मोबाइलमा ब्याट्री सकियो। क्वारेन्टाइनमा पुग्दा उनले वान्ता गरिरहेका थिए।

इन्साफ अली गाउँ पुग्दा सलमा माइत गएकी थिइन्। त्यसैले उनले भेट्नसमेत पाइनन्। जब उनी पतिको मृत्युको खबर थाहा पाएर आइन, इन्साफको शव लगिसकिएको थियो। उनीहरुका ६ वर्षका छोरा छन्, इरफान। परिवारका बाँकी सदस्यहरु सबै क्वारेन्टाइनमा छन् अहिले। अलीका दुई दाजुहरु उनीजस्तै आप्रवासी मजदूर हुन्।

सलमाका अनुसा अलीले अप्रित १३ मा मुम्बई छाडेका थिए। पैसा रित्तिँदै गएपछि उनी अडिन सकेनन्। ुहप्तौसम्म उहाँले काम पाउनु भएन,ु उनले भनिन्।

उत्तर प्रदेशको यात्रा गरिरहँदा उनले लगातार फोन चाहिँ गरिरहे। ुउहाँसहित १० जना मानिस सँगै झाँसीसम्म आएका थिए। कतै हिँड्दै त कतै ट्रकभित्र लुकेर ड्राइभरलाई ३ हजार रुपैयाँ तिरेर। त्यहाँबाट वहराइचसम्म हिँडेरै आउनुभयो। आइतवार राति प्रहरीले त्यहाँ समात्यो र फर्कन भन्यो। त्यहाँबाट बचेर घाटमा रातभर लुक्नुभयो। त्यसपछि उहाँको मोबाइल चलेन। सम्पर्क नै हुन सकेन। उहाँसँगै फर्किरहेका अरुहरुलाई पनि लगातार कल गरेँ तर कसैले पनि उहाँबारे बताउन सकेनन्। सोमवार बिहान भने उहाँले कल गर्नुभयो र गाउँमा आइपुगेको बताउनुभयो,ु सलमाले भनिन्।

श्रीमान् आइपुगेको सुनेर खुशी हुँदै जब उनी भेट्न जाने तयारीमा जुटिन्, अर्को खबर आयो उनको मृत्युको। ुजसरी भए पनि म घर आइपुगेरै छाड्छु भनेर आउनुभयो। उहाँले सक्नु पनि भयो तर केही घन्टा पनि रहनु भएन,ु सलमाले रुँदै सुनाइन्।

सलमाको परिवारलाई इन्साफको अन्त्यष्टि कहा र कसरी हुँदैछ। अलीकी भाउजु अमिनो बानो यहाँको स्कुलमा रहेको क्वारेन्टाइनमा छिन् र उनलाई पनि थाहा छैन, घर जान पाउँछिन् कि पाउँदिनन्। ुकसैले भन्छ १४ दिन नै यहाँ बस्नुपर्छ। कसैले भन्छन् परीक्षणको रिजल्ट आएपछिमात्र जान पाइन्छ,ु बानोले भनिन्।

सावरमतीका पुलिस सुपेरिटेन्डेन्ट अनुपकुमार सिंहले क्वारेन्टाइनमा नै बिहानको नास्ता खाएको केही बेरमै अलीको मृत्यु भएको जनाए। उनको शव अलग्गै राखिएको स्वाब परीक्षणका लागि लखनउ पठाइएको उनले जानकारी दिए। उनीहरुले शव छोएकाले उनको परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा नै राखिएको उनले जानकारी दिए। उनमा कोरोना संक्रमण भए नभएको पुष्टि पछिमात्रै मृत्युको कारण खोज्न सकिने छ। त्यसअघि मृत्युको कारण पहिचान हुन सक्ने छैन।

मृत्युको कारण संदेहपूर्ण छ, सावरमतीका चिफ मेडिकल अफिसर एपी भार्गवले भने। उत्तर प्रदेशले आप्रवासी मजदूरलाई आफ्नो ठाउँमा फिर्ता ल्याउने प्रकृया अगाडि बढाएको छ। उनीहरुलाई १४ दिन क्वारेन्टाइन राखेरमात्र घर जान दिइने छ। सावरमतीमा अहिलेसम्म ४ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनाको यसैका कारण मृत्यु भइसकेको छ।

अलीको मृत्युसँगै गाउँलेहरुले सलमालाई दुर्व्यवहार गरिरहेका छन्। उनीसमेत संक्रमित भएको हुनुसक्ने आरोप लगाउको सलमाले बताइन्। उनी अहिले घरमा एक्लै छिन्। गाउँलेले गरेको व्यवहार भन्दा पनि चिन्ता छ उनलाई आफ्नो छोरोको जो जतिखेर पनि बिस्कुट मागिरहन्छ। उसलाई के होलारु मसँग पैसा पनि छै, उनले भनिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here