नेपालमा संक्रमितको संख्या ५७ पुग्यो

48

काठमाडौं – कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६७ जनाको नमूना परीक्षण भएको छ। आज थप तीन जना नयाँ संक्रमित भेटिएका छन्।  यो सहित नेपालमा संक्रमण देखिएको संख्या ५७ पुगेको छ।

नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ११ हजार ५ सय २४ जनाको पिसिआर र ४५ हजार ६ सय ६५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

प्रदेश १ मा ४ हजार ८ सय ८१, प्रदेश २ मा ५ हजार २ सय ९८, बागमतिमा ८ हजार २ सय १७, गण्डकीमा ५ हजार ३ सय ४३, प्रदेश ५ मा ३ हजार ६ सय ७१, कर्णालीमा ५ हजार २ सय ६९ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ९ सय ८६ जनाको आरडिटिबाट परीक्षण भएको छ।

कुल संक्रमित ५७ मध्ये १६ जना उपचारपछि निको भएका छन्। बाँकी संक्रमित धनगढी र भरतपुरमा १/१ जना, वीरगञ्जमा ८ र विराटनगरमा ३१ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। कोरोनाको आशंकामा हाल मुलुकभर ८७ जना आईसोलेसनमा भर्ना भएका छन्। जसमध्ये ४ काठमाडौं उपत्यका भित्र र ८३ जना बाहिरका छन्।

मुलुकभर हाल २२ हजार ९ सय १ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा २ हजार ४ सय ७८, प्रदेश २ मा १ हजार ४ सय ४, बागमतिमा ६ सय ११, गण्डकीमा ६ सय ९४, प्रदेश ५ मा १२ हजार ५ सय १५, कर्णालीमा ३ हजार ९ सय ६३ र सुदूरपश्चिम प्रदेशमा १ हजार २ सय ३६ जना क्वारेन्टाइनमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here