काेभिड १९ संक्रमितलाई नीको पार्ने औषधी पत्ता लाग्यो

143

एजेन्सी – कोरोना भाइरस संक्रमितलाई नीको पार्ने औषधी पत्ता लागेको छ । औषधीले कोरोना संक्रमितलाई नीको पारेको प्रमाणित भएको हो । यसले संक्रमित विरामीको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ ।

सीएनएनका अनुसार यसबारे अध्ययन गरेकाहरुले परीक्षणका क्रममा रहेको औषधी रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितलाई नीको पारेको खबर सार्वजनिक गरेका छन् । लक्षण देखिएको संक्रमितलाई १५ देखि ११ दिनभित्र रेमडिसिभिरको प्रयोग गरिएमा नीको भएको परीक्षणबाट पत्ता लागेको हो । अब यो औषधी प्रयोगको अनुमोदन गरिने भएको छ ।

अमेरिकाको औषधी प्रशासनले अहिलेसम्म कुनैपनि औषधीलाई कोरोना भाइरसको संक्रमितमा प्रयोग गर्ने अनुमोदन गरेको थिएन । अब उसले रेमडिसिभिरलाई अनुमोदन गर्ने भएको सीएनएनले जनाएको छ । टाइम म्यागाजिनले पनि एकजना वरिष्ठ औषधी प्रशासनका अधिकारीको भनाई उदृत गर्दै रेमडिसिभिरलाई प्रयोगमा ल्याइने लेखेको छ ।

रेमडिसिभिरको औषधी निर्माता कम्पनि गिलिड साइन्सेससँग औषधी प्रशासनले कुराकानी बढाएको सीएनएनले उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनले भने यसलाई अझै अनुमोदन नगर्ने संकेत गरेको छ । उसले रेमडिसिभिरलाई अनुमोदन गर्नु धेरै छिटो हुने जनाएको छ ।

यसअघि १८ अप्रिलमा रेमडिसिभिरको परीक्षण सफल भएको जनाइएको थियो । यसको परीक्षण सफल एको खुलासा गरिएको थियो । जो जो विरामी परीक्षणमा सहभागी थिए उनीहरु ज्वरो र स्वासप्रश्वासको समस्यामा परेर कोरोना भाइरसको संक्रमित थिए । उनीहरु एक हप्ताभन्दा कम समयमै निको भई घर फर्किएको भनिएको छ ।

सिकागो विश्वविद्यालयले परीक्षणमा सहभागी विज्ञ डा। कथलिन मुलानीले आफ्ना विरामीहरु चाँडै डिस्चार्ज भएको तथ्य बाहिर ल्याएकी थिइन् । उनी परीक्षणमा सहभागी छिन् । सिकागो विश्वविद्यालयले मुलानीको सूचनालाई क्लिनिकल परीक्षण भइरहेको जनाएको थियो ।

मुलानीले विरामी छ दिनमै निको भई घर गइरहेको तथ्यांक समेत दिएकी थिइन् । उनको यो खुलासाले कोरोना भाइरसको औषधी दीर्घकालीन रुपमा पत्ता लाग्ने आशा बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here